मेलम्चीको पानीमा भ्रष्टचार, भीम उपाध्यायसहित १८ जना विरुद्ध मुद्दा दायर

निकासखबर संवाददाता

काठमाडौं, ६ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा ३ जना पूर्वसचिवसहित १८ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले विशेष अदालतमा आज पूर्वसचिवहरू भीम उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुरसहित १८ जनालाई प्रतिवाद बनाई मुद्दा दायर गरेको हो । त्यस्तै त्यस्तै अध्यागमन विभागका प्रमुख रुद्रसिंह तामाङलाई पनि प्रतिवादी बनाइएको छ ।

उनीहरुमाथि ८५ करोड ९१ लाख रुपैयाँ हिनामिनाको अभियोग छ। खानेपानी मन्त्रालयका तत्कालीन सचिव एवं बोर्ड अध्यक्ष सञ्जय शर्मा र मुकुन्दप्रसाद पौडेलविरुद्ध जनही ६ करोड ९७ लाख ८३ हजार १७८ बिगो दाबी गरिएको छ । त्यस्तै तत्कालीन सचिव भीमप्रसाद उपाध्यायसँग ४ करोड ११ लाख ३४ हजार २७९ रूपैयाँ बिगो माग गरिएको छ ।

मा प्रकाशित