खबर

एमसीसीविरुद्धको आन्दोलनमा गम्भीर घाइते भएका अवस्थीको स्वास्थ्य अवस्था सधारोन्मुख
निकासखबर संवाददाता

काठमाडौं । एमसीसीविरुद्धको आन्दोलनमा गम्भीर घाइते भएका डडेलधुराका २७ वर्षीय हेमराज अवस्थीको स्वास्थ्य अवस्था सधारोन्मुख भएको अस्पतालले जनाएको छ । एमसीसीविरुद्धको आन्दोलनमा काठमाडौंको बिजुलीबजार क्षेत्रमा भएको प्रदर्शनका क्रममा उनि गम्भीर घाइते भएका थिए । बिहीबार बिजुलीबजार क्षेत्रमा भएको प्रदर्शनमा घाइते भएका उनी कसरी घाइते भए भन्ने अझै नखुलेको प्रहीले जनाएको छ । उनको टाउकोमा चोट लागेको थियो । सुरुमा उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको भएपनि त्यहा उपचार संभव नभए पछि शल्यक्रियाका लागि अन्नपूर्ण न्युरो अस्पताल रेफर गरिएको थियो । गए राति नै उनको अन्नपुर्ण न्युरो अस्पतालमा शल्यक्रिया गरिएको छ । शल्यक्रिया सफल भएको र उनलाई भेन्टिलेटरबाट आईसीयूमा सारिएको तथा स्वास्थ्य…

प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित
निकासखबर संवाददाता

काठमाडौं।  प्रतिनिधिसभा बैठक फागुन १५ गते आइतबारसम्मका लागि स्थगित भएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले संसद् बैठक आइतबार दिउँसो १ बजे सम्मका लागि स्थगित भएको जानकारी दिए । अमेरिकी मेलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे छलफल गर्नका लागि शुक्रबार दिउँसो १ बजे संसद् बोलाइएको थियो । सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद बैठक आइतबारसम्म स्थगित गरिएको हो । कानुनमन्त्री दिलेन्द्र बडूको आग्रहमा आज बस्ने भनिएको बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी सारिएको  सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । बिहीबारका लागि बोलाइएको बैठक सूचना टाँसेर शुक्रबारका लागि…

खुमलटारमा माओवादी नेताहरू छलफलमा, सरकारका विषयमा निर्णय गर्ने
निकासखबर संवाददाता

काठमाडौं । गठबन्धनमा आवद्ध नेकपा (माओवादी केन्द्र)सहितका दल सरकारमा बस्ने वा नबस्नेबारे निर्णय लिन छलफलमा जुटिरहेका छन्। ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा अहिले माओवादी केन्द्रका नेताहरूबीच सरकारमा बस्ने या नबस्नेबारेमा छलफल भइरहेको छ । छलफलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका माओवादीका नेता सहभागी रहेका छन् । खुमलटारमा भइरहेको छलफलमा सरकारमा बस्ने या नबस्ने भन्ने विषयमा छलफल भइरहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । तर, अन्तिम टुंगोमा भने नेकपा (एकीकृत समाजवादी)का नेताहरुबीचको छलफलपछि पुगिने बताइएको छ । यसका लागि माओवादी नेताहरूले एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई कुरेर बसेका छन् । उपत्यका बाहिर रहेका अध्यक्ष नेपाल काठमाडौं फर्किंदै छन्…

माइतिघरदेखि बानेश्वरसम्म ठूलो संख्यामा प्रहरी तैनाथ 
निकासखबर संवाददाता

काठमाडौं । बिभिन्न राजनीतिक दलका कार्यकर्ताले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) विरुद्ध प्रर्दशन गर्ने भएपछि सरकारले काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्मको सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल हुने भएपछि बिभिन्न दलले विरोधको कार्यक्रमहरु राखेका छन् । विरोध कार्यक्रम बानेश्वरस्थित संसद भवन वरपर केन्द्रित गरेपछि ती स्थानमा ठूलो संख्यामा प्रहरी खटाइएको हो । एमसीसीलाई लिएर सत्तारुढ दलहरुबीच मतभेद रहेको छ । सत्तारुढ दलमध्यो नेपाली कांग्रेस एमसीसी अनुमोदन गर्ने पक्षमा रहेका छ । अन्य दल नेकपा (माओवादी केन्द्र), नेकपा एस (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चा एमससीसी संशोधन…

चन्द्रागिरीमा माइक्रो बसमा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु
निकासखबर संवाददाता

काठमाडौं । काठमाण्डौको चन्द्रगिरी नगरपालिका–७ स्थित सडक छेउमा रोकी राखेको माइक्रो बसमा बिहीबार राति मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक २६ बर्षीय आकाश रानाभाट रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा कलंकी स्थित शहिद मेमोरियल अस्पतालमा राती साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । चेकपोष्टबाट चन्द्रागिरी जाँदै गरेको प्रदेश ३, ०२, ०११ प २९१९ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई सडक छेउमा रोकी राखेको बा २ ख ७०४९ नम्बरको माइक्रो बसमा ठोकिएको थियो । दुर्घटनामा संलग्न मोटरसाइकल र माइक्रो बसका चालकलाई थानकोट प्रहरीले  नियन्त्रणमा लिएको छ ।