खबर
चन्द्रागिरीमा माइक्रो बसमा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु
निकासखबर संवाददाताकाठमाडौं । काठमाण्डौको चन्द्रगिरी नगरपालिका–७ स्थित सडक छेउमा रोकी राखेको माइक्रो बसमा बिहीबार राति मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक २६ बर्षीय आकाश रानाभाट रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा कलंकी स्थित शहिद मेमोरियल अस्पतालमा राती साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । चेकपोष्टबाट चन्द्रागिरी जाँदै गरेको प्रदेश ३, ०२, ०११ प २९१९ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई सडक छेउमा रोकी राखेको बा २ ख ७०४९ नम्बरको माइक्रो बसमा ठोकिएको थियो । दुर्घटनामा संलग्न मोटरसाइकल र माइक्रो बसका चालकलाई थानकोट प्रहरीले नियन्त्रणमा लिएको छ ।
कांग्रेस–एमाले नेताहरुबीच बालुवाटारमा छलफल सुरु
निकासखबर संवाददाताकाठमाडौं । प्रधानमन्त्री निवास नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुबीचको छलफल सुरु भएको छ । बिहीबार राति एमाले नेताहरु छलफलका लागि बालुवाटार पुगे पछि छलफल सुरु भएको हो । बिहीबार दिउँसो संसद भवन नयाँ बानेश्वरमा भएको छलफलका क्रममा साँझ फेरि कुराकानी गर्ने सहमति नेताहरुबीच भएको थियो । संसद बैठक अवरुद्ध भएपछि प्रधानमन्त्री देउवाले छलफललाई तिव्रता दिएका छन् । दिउँसो एमाले अध्यक्ष ओली र देउवाले पार्टीका नेताहरुसँगै संयुक्त रुपमा छलफल गरेका थिए भने एक्ला एक्लै वार्ता पनि गरेका थिए । त्यसपछि ओलीले पार्टीका नेताहरुसँग छलफल गरेर पुन बेलुका बस्ने बताएका थिए । देउवासँगको भेटवार्ता अघि एमालेले माओवादी केन्द्रसँग पनि छलफल गरेको…
कुकुरको टोकाइबाट घाईते महिलाको मृत्यु
निकासखबर संवाददाताखोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा कुकुरको टोकाइबाट ६७ वर्षीय वृद्धाको मृत्यु भएको छ । रेबिजका कारण वृद्धाको मृत्यु भएपछि गाउँमा त्रास फैलिएको हो । काठमाडौंमा उपचारका क्रममा ६ फागुनमा बिरामीको मृत्यु भएपछि परिवार तथा छरछिमेकका आफन्त गाउँमा त्रास फैलिएको छ । वृद्धालाई हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीबाट डुल्दै आएको कुकुरले ५ माघमा दाहिने हातमा टोकेको थियो । कुकुरले टोकेको ७र८ घण्टापछि जिल्ला अस्पताल दिक्तेलमा पुर्याएर एन्टी रेबिज भ्याक्सिन लगाउँदा पनि बिरामीलाई बचाउन नसकिएको आफन्त सोनाम राईले बताए । एन्टी रेबिज भ्याक्सिनको तीन वटै मात्रा पुरा गरे पनि टोकेको २०र२२ दिनपछि घाउमा अधिक दुखाई सुरु भएको थियो । टोकेको…
एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठक जारी
निकासखबर संवाददाताकाठमाडौं । एमाले र माओवादी केन्द्र का शीर्ष नेताको बैठक जारी छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच भेटवार्ता जारी छ । भेटवार्तामा एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष ईश्वर पोखरेल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, विशाल भट्टराई तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, देव गुरुङलगायत सहभागी छन् ।
बिहीबारको बानेश्वर दिनभर युद्धमैदान जस्तै ‘फटो फिचर’
निकासखबर संवाददाताकाठमाडौं । बिहीबार दिनभर बानेश्वर क्षेत्र तनाव ग्रस्त रह्यो । एमसीसीको विपक्षमा प्रदर्शनमा उत्रिएका र सुरक्षाकर्मीबीचको झडपले नयाँ बानेश्वरले बानेश्वर क्षेत्र नतावग्रस्त रहेको थियो । बिहीबार दिउँसो बस्ने प्रतिनिधिसभाबाट एमसीसी पास गर्ने लागेको भन्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र उनिहरुलाई रोक्न खोज्ने सुरक्षाकर्मीबीचको झडपले बानेश्वर क्षेत्रले ‘युद्ध मैैदान’को झल्को दिएको थियो । बानवरको पूर्व तिर नेपाल मजदुर किसान पार्टीले एमसीसीको विरुद्धमा शान्तिपुर्ण प्रदर्शन गरको थियो । यही प्रदर्शन पछि प्रदेश सांसद सृजना सैंजु आफै प्रदर्शनकारीले सभामा फोहार गेको फोहोर संकलन गरिरहेको दृश्यमा अधिकाँशको आँखा पुगेका थिए । यस्तै बानेश्वरको पश्चिम तिर विप्लव नेतृत्वको नेकपा सहित छ बाम घटकले पनि शान्तिपूर्ण विरोध…

