खबर

कांग्रेस–एमाले नेताहरुबीच बालुवाटारमा छलफल सुरु
निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री निवास नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुबीचको छलफल सुरु भएको छ । बिहीबार राति एमाले नेताहरु छलफलका लागि बालुवाटार पुगे पछि छलफल सुरु भएको हो । बिहीबार दिउँसो संसद भवन नयाँ बानेश्वरमा भएको छलफलका क्रममा साँझ फेरि कुराकानी गर्ने सहमति नेताहरुबीच भएको थियो । संसद बैठक अवरुद्ध भएपछि प्रधानमन्त्री देउवाले छलफललाई तिव्रता दिएका छन् । दिउँसो एमाले अध्यक्ष ओली र देउवाले पार्टीका नेताहरुसँगै संयुक्त रुपमा छलफल गरेका थिए भने एक्ला एक्लै वार्ता पनि गरेका थिए । त्यसपछि ओलीले पार्टीका नेताहरुसँग छलफल गरेर पुन बेलुका बस्ने बताएका थिए । देउवासँगको भेटवार्ता अघि एमालेले माओवादी केन्द्रसँग पनि छलफल गरेको…

कुकुरको टोकाइबाट घाईते महिलाको मृत्यु
निकासखबर संवाददाता

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा कुकुरको टोकाइबाट ६७ वर्षीय वृद्धाको मृत्यु भएको छ । रेबिजका कारण वृद्धाको मृत्यु भएपछि गाउँमा त्रास फैलिएको हो । काठमाडौंमा उपचारका क्रममा ६ फागुनमा बिरामीको मृत्यु भएपछि परिवार तथा छरछिमेकका आफन्त गाउँमा त्रास फैलिएको छ । वृद्धालाई हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीबाट डुल्दै आएको कुकुरले ५ माघमा दाहिने हातमा टोकेको थियो । कुकुरले टोकेको ७र८ घण्टापछि जिल्ला अस्पताल दिक्तेलमा पुर्‍याएर एन्टी रेबिज भ्याक्सिन लगाउँदा पनि बिरामीलाई बचाउन नसकिएको आफन्त सोनाम राईले बताए । एन्टी रेबिज भ्याक्सिनको तीन वटै मात्रा पुरा गरे पनि टोकेको २०र२२ दिनपछि घाउमा अधिक दुखाई सुरु भएको थियो । टोकेको…

एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठक जारी
निकासखबर संवाददाता

काठमाडौं । एमाले र माओवादी केन्द्र का शीर्ष नेताको बैठक जारी छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच भेटवार्ता जारी छ । भेटवार्तामा एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष ईश्वर पोखरेल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, विशाल भट्टराई तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, देव गुरुङलगायत सहभागी छन् ।

बिहीबारको बानेश्वर दिनभर युद्धमैदान जस्तै ‘फटो फिचर’
निकासखबर संवाददाता

काठमाडौं । बिहीबार दिनभर बानेश्वर क्षेत्र तनाव ग्रस्त रह्यो । एमसीसीको विपक्षमा प्रदर्शनमा उत्रिएका र सुरक्षाकर्मीबीचको झडपले नयाँ बानेश्वरले बानेश्वर क्षेत्र नतावग्रस्त रहेको थियो । बिहीबार दिउँसो बस्ने प्रतिनिधिसभाबाट एमसीसी पास गर्ने लागेको भन्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र उनिहरुलाई रोक्न खोज्ने सुरक्षाकर्मीबीचको झडपले बानेश्वर क्षेत्रले ‘युद्ध मैैदान’को झल्को दिएको थियो । बानवरको पूर्व तिर नेपाल मजदुर किसान पार्टीले एमसीसीको विरुद्धमा शान्तिपुर्ण प्रदर्शन गरको थियो । यही प्रदर्शन पछि प्रदेश सांसद सृजना सैंजु आफै प्रदर्शनकारीले सभामा फोहार गेको फोहोर संकलन गरिरहेको दृश्यमा अधिकाँशको आँखा पुगेका थिए ।  यस्तै बानेश्वरको पश्चिम तिर विप्लव नेतृत्वको नेकपा सहित छ बाम घटकले पनि शान्तिपूर्ण विरोध…

एकीकृत समाजवादीका शिर्षनेता र मन्त्री एमसीसीको दुई पक्षमा
निकासखबर संवाददाता

काठमाडौं। सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का मन्त्रीहरू एमसीसीको पक्षमा रहेका छन् । पार्टीबाट मन्त्री भएका केही मन्त्रीहरुले त केही दिन अघि देखीनै आफूहरु एमसीसीको पक्षमा रहेको बताइ रेका थिए । पछिल्लो समय मन्त्रीहरु एमसीसीको पक्षमा रहँदा नेताहरू भने विपक्षमा देखिएका छन्। सरकारमा सहभागी भएका मन्त्रीहरू एमसीसी सदनबाट अनुमोदन गराउनु पर्ने पक्षमा रहँदै गर्दा शीर्ष नेताहरू एमसीसीको विपक्षमा उभिँदै कार्यकर्तालाई सडकमा उतारी रहेका छन्। नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीहरू किसान श्रेष्ठ, रामकुमारी झाँक्री र प्रेमबहादुर आले एमसीसीको पक्षमा रहेका छन् । तर, शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल एमसीसीको विपक्षमा । अध्यक्ष माधवकुमार नेपाल पक्ष वा विपक्षमा स्पष्ट रुपमा…