कांग्रेस–एमाले नेताहरुबीच बालुवाटारमा छलफल सुरु

निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री निवास नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुबीचको छलफल सुरु भएको छ । बिहीबार राति एमाले नेताहरु छलफलका लागि बालुवाटार पुगे पछि छलफल सुरु भएको हो ।

बिहीबार दिउँसो संसद भवन नयाँ बानेश्वरमा भएको छलफलका क्रममा साँझ फेरि कुराकानी गर्ने सहमति नेताहरुबीच भएको थियो । संसद बैठक अवरुद्ध भएपछि प्रधानमन्त्री देउवाले छलफललाई तिव्रता दिएका छन् ।

दिउँसो एमाले अध्यक्ष ओली र देउवाले पार्टीका नेताहरुसँगै संयुक्त रुपमा छलफल गरेका थिए भने एक्ला एक्लै वार्ता पनि गरेका थिए ।
त्यसपछि ओलीले पार्टीका नेताहरुसँग छलफल गरेर पुन बेलुका बस्ने बताएका थिए ।

देउवासँगको भेटवार्ता अघि एमालेले माओवादी केन्द्रसँग पनि छलफल गरेको छ । एमसीसीका कारण पछिल्लो समय द्शमा राजनीतिक ध्रुवीकरण बढेको छ ।

मा प्रकाशित