बिहीबारको बानेश्वर दिनभर युद्धमैदान जस्तै ‘फटो फिचर’

निकासखबर संवाददाता

काठमाडौं । बिहीबार दिनभर बानेश्वर क्षेत्र तनाव ग्रस्त रह्यो । एमसीसीको विपक्षमा प्रदर्शनमा उत्रिएका र सुरक्षाकर्मीबीचको झडपले नयाँ बानेश्वरले बानेश्वर क्षेत्र नतावग्रस्त रहेको थियो ।

बिहीबार दिउँसो बस्ने प्रतिनिधिसभाबाट एमसीसी पास गर्ने लागेको भन्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र उनिहरुलाई रोक्न खोज्ने सुरक्षाकर्मीबीचको झडपले बानेश्वर क्षेत्रले ‘युद्ध मैैदान’को झल्को दिएको थियो ।

बानवरको पूर्व तिर नेपाल मजदुर किसान पार्टीले एमसीसीको विरुद्धमा शान्तिपुर्ण प्रदर्शन गरको थियो । यही प्रदर्शन पछि प्रदेश सांसद सृजना सैंजु आफै प्रदर्शनकारीले सभामा फोहार गेको फोहोर संकलन गरिरहेको दृश्यमा अधिकाँशको आँखा पुगेका थिए ।  यस्तै बानेश्वरको पश्चिम तिर विप्लव नेतृत्वको नेकपा सहित छ बाम घटकले पनि शान्तिपूर्ण विरोध प्रदर्शन गरेका थिए ।

बानेशवर क्षेत्रको पश्चिमति नै माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा लगायतका राजनीतिकदलहरुले गरेको प्रर्दन देख्दा साँच्चिकै बानेशवर क्षेत्र ले युद्ध मैदानको झल्को दिएको थियो ।

प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरेका थिए भने सुरक्षाकर्मीले केही सेल अश्रु ग्यास र पानीको फोहोरा प्रहार गरेका थिए ।

 

तस्विरः मनोज भट्टराई

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित