एमसीसीविरुद्धको आन्दोलनमा गम्भीर घाइते भएका अवस्थीको स्वास्थ्य अवस्था सधारोन्मुख

निकासखबर संवाददाता

काठमाडौं । एमसीसीविरुद्धको आन्दोलनमा गम्भीर घाइते भएका डडेलधुराका २७ वर्षीय हेमराज अवस्थीको स्वास्थ्य अवस्था सधारोन्मुख भएको अस्पतालले जनाएको छ । एमसीसीविरुद्धको आन्दोलनमा काठमाडौंको बिजुलीबजार क्षेत्रमा भएको प्रदर्शनका क्रममा उनि गम्भीर घाइते भएका थिए ।

बिहीबार बिजुलीबजार क्षेत्रमा भएको प्रदर्शनमा घाइते भएका उनी कसरी घाइते भए भन्ने अझै नखुलेको प्रहीले जनाएको छ । उनको टाउकोमा चोट लागेको थियो । सुरुमा उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको भएपनि त्यहा उपचार संभव नभए पछि शल्यक्रियाका लागि अन्नपूर्ण न्युरो अस्पताल रेफर गरिएको थियो । गए राति नै उनको अन्नपुर्ण न्युरो अस्पतालमा शल्यक्रिया गरिएको छ । शल्यक्रिया सफल भएको र उनलाई भेन्टिलेटरबाट आईसीयूमा सारिएको तथा स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

शल्यक्रियाका लागि अवस्थीलाई तीन पाउन्ड ‘ओ’ नेगेटिभ रगत आवश्यक परेको थियो । जसमध्ये एक पाउन्ड रगत प्रहरीजवान समीनाथ यादवले दिएका हुन् । उनी प्रहरीको एक नम्बर गण नक्सालमा कार्यरत छन् । राति ९ बजे प्रहरी जवान यादवले रगत दिएका थिए ।

ओ नेगेटिभ रगतको अभाव भएको जानकारी पाएपछि सबैतिर खबर गरिएको र नक्साल गणमा कार्यरत प्रहरीकै सो समूहको रगत भएको जानकारी पाएपछि थप समन्वय गरेर रक्तदानमा सहयोग गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका का प्रमुख एसएसपी सुदीप गिरीले जानकारी दिए ।

काठमाडौंमा टीकाथलीमा बस्दै आएका उनी डडेलधुराको नवदुर्गा गाउँपालिका–५ का स्थायी बासिन्दा रहेको र उनि सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)को कार्यकर्ता भएको खुलेको छ ।

 

मा प्रकाशित