खुमलटारमा माओवादी नेताहरू छलफलमा, सरकारका विषयमा निर्णय गर्ने

निकासखबर संवाददाता

काठमाडौं । गठबन्धनमा आवद्ध नेकपा (माओवादी केन्द्र)सहितका दल सरकारमा बस्ने वा नबस्नेबारे निर्णय लिन छलफलमा जुटिरहेका छन्।

ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा अहिले माओवादी केन्द्रका नेताहरूबीच सरकारमा बस्ने या नबस्नेबारेमा छलफल भइरहेको छ । छलफलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका माओवादीका नेता सहभागी रहेका छन् ।

खुमलटारमा भइरहेको छलफलमा सरकारमा बस्ने या नबस्ने भन्ने विषयमा छलफल भइरहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । तर, अन्तिम टुंगोमा भने नेकपा (एकीकृत समाजवादी)का नेताहरुबीचको छलफलपछि पुगिने बताइएको छ ।

यसका लागि माओवादी नेताहरूले एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई कुरेर बसेका छन् । उपत्यका बाहिर रहेका अध्यक्ष नेपाल काठमाडौं फर्किंदै छन् ।

संसद बैठकमा पेस भएको विवादित एसमीसीको पक्षमा मतदान गर्ने बताएका उनीहरूमाथि सरकारबाट बाहिरिन दबाब परेको छ ।

मा प्रकाशित