खबर
एमसीसीका कारण गठबन्धन भत्किएर नयाँ सरकार बन्छः एमाले नेता पाण्डे
निकासखबर संवाददाताधनगढी । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसीका कारण सत्ता गठबन्धन भत्किने र नयाँ समीकरणमा सरकार बन्ने दाबी गरेका छन् । प्रेस चौतारी नेपालले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष पाण्डेले देशलाई निकास दिन वर्तमान गठबन्धन तोडिनु आवश्यक रहेको भन्दे एमसीसीका कारण नै गठबन्धन भत्किने जिकिर गरे । अहिलेको गठबन्धन सरकारले देशलाई अनिर्णयको जालमा राखेकोले यसलाई तत्काल नभत्काए देश झनै अन्धकारमा जाने उनको भनाइ थियो । उनले एमसीसी फिर्ता भए अन्तर्राष्ट्रिय सहयोग रोकिने र देशमा चरम आर्थिक संकट आउने बताए । त्यसैपनि नेपालको अर्थतन्त्र धरासायी बनेको भन्दै उनले एमसीसी फिर्ता भए देशमा ठूलो आर्थिक संकट आउन सक्ने…
एमसीसीविरुद्ध ४० राजनीतिक दलहरू सडकमा : माइतीघरदेखि कोटेश्वरसम्म प्रदर्शन
निकासखबर संवाददाताकाठमाडौं, १५ फागुन । पचास करोड डलरको अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विरोधमा आज ४० भन्दा बढी राजनीतिक दलले प्रदर्शन गर्दैछन् । एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन नगर्न दबाब दिन ४० भन्दा बढी दलले आज काठमाडौंको माइतिघरदेखि कोटेश्वरसम्मको सडकमा विभिन्न प्रदर्शनका कार्यक्रम राखेका हुन् । विरोधका कार्यक्रम विहान ११ बजेबाट सुरु हुने जनाइएको छ । नेकपा (माओवादी केन्द्र) निकट जनवर्गिय संगठन÷मोर्चाहरूले यथास्थितिमा एमसीसी पास गर्ने कदम विरुद्ध संसद भवन बानेश्वर घेराउ गर्ने कार्यक्रम राखेका छन् । कार्यक्रम विहान ११ बजे माइतिघर मण्डलामा भेला भएर बानेश्वरतर्फ अघि बढ्ने आयोजकले बताएका छन् । संसदमा एक सदस्य रहेको नेपाल मजदुर किसान पार्टी…
मधेश माओवादीले भन्योः डलर होइन, स्वाभिमान रोजौँ
निकासखबर संवाददातामहोत्तरी । माओवादी केन्द्र मधेश प्रदेशले एमसीसीका विरुद्ध थप सशक्त बन्ने निर्णय गरेको छ । एमसीसी राष्ट्रिय हितविपरीत भएको ठहर गर्दै मधेश प्रदेशमा यसको खबरदारीको लागी सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको श्रद्धाञ्जलीको अवसरमा बसेको बैठकले डलर हैन, स्वाभिमान रोजौँ भन्दै एमसीसीको सशक्तविरोध गर्ने निर्णय गरेको हो । बैठकपछि निकालिएको प्रेस विज्ञप्तिमा माओवादी केन्द्र मधेश प्रदेशले कुनै पनि बहानामा एमसीसी स्वीकार वा संसद्बाट अनुमोदन गर्न नहुने अडान माओवादी केन्द्रको यथावत् रहेको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ुएमसीसी राष्ट्रिय हितविपरीत र सार्वभौमसत्ताको विरुद्धमा भएकाले परिमार्जन र संशोधनविना समर्थन र संसद्बाट पास गर्न सकिँदैन…
एमसीसीबारे निर्णय गर्न सकेन जसपाले
निकासखबर संवाददाताकाठमाडौं । सत्तासाझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपाल अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताप्रति अझैँ निर्णय गनै सकेको छैन । शनिबार बसेको जसपाको केन्द्रीय कार्यकारी समितिको बैठकले एमसीसी बारे निर्णय गर्ने भनिए पनि कुनै निर्णय गर्न नसकेको हो । शुक्रबारदेखि जारी रहेको बैठक शनिबार पनि निश्कर्ष बिनै सकिएको र बैठक आइतबार पनि बस्ने बताइएको छ । आइतबार बैठक बस्नुअघि शीर्ष तीन नेताहरू अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र नेता अशोक राईबीच छलफल हुने बताइएको छ । शनिबारको बैठकमा यादवले एकलौटी पार्टी सञ्चालन गरेको, संगठन सुस्त बनाएको, एमसीसीमा मौन बसेको भन्दै डा. भट्टराई पक्षले चर्को आलोचना गरेको…
देउवा-ओली बालकोटमा, छलफलमा को-को छन् ?
निकासखबर संवाददाताकाठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । शुक्रबार साँझ बालकोट पुगेका देउवा र ओलीसहित दुई पार्टीका नेताहरुको बैठक बसिरहेको छ । कांग्रेस सभापति समेत रहेका देउवा पार्टी उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पार्टी नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई साथमा लिएर बालकोट पुगेका छन् । सत्ता सहयात्रीहरु नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीसँग दिनभर जसो छलफल गरेका प्रधानमन्त्री देउवा पार्टीको आन्तरिक छलफल सकिएपछि ओलीलाई भेट्न पुगेका बालकोट पुगेका हुन् । एमसीसीका कारण पछिल्लो केही दिन यता देशको राजनीति तरंगित भएको छ भने…

