एमसीसीबारे निर्णय गर्न सकेन जसपाले

निकासखबर संवाददाता

काठमाडौं । सत्तासाझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपाल अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताप्रति अझैँ निर्णय गनै सकेको छैन । शनिबार बसेको जसपाको केन्द्रीय कार्यकारी समितिको बैठकले एमसीसी बारे निर्णय गर्ने भनिए पनि कुनै निर्णय गर्न नसकेको हो ।

शुक्रबारदेखि जारी रहेको बैठक शनिबार पनि निश्कर्ष बिनै सकिएको र बैठक आइतबार पनि बस्ने बताइएको छ । आइतबार बैठक बस्नुअघि शीर्ष तीन नेताहरू अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र नेता अशोक राईबीच छलफल हुने बताइएको छ ।

शनिबारको बैठकमा यादवले एकलौटी पार्टी सञ्चालन गरेको, संगठन सुस्त बनाएको, एमसीसीमा मौन बसेको भन्दै डा. भट्टराई पक्षले चर्को आलोचना गरेको थियो ।

डा। भट्टराई एमसीसी संसद्‍बाट अनुमोदन हुनुपर्ने पक्षमा छन् । उता यादव भने एमसीसीका विषयमा मौन रहेका छन् ।

मा प्रकाशित