एमसीसीका कारण गठबन्धन भत्किएर नयाँ सरकार बन्छः एमाले नेता पाण्डे

निकासखबर संवाददाता

धनगढी  । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसीका कारण सत्ता गठबन्धन भत्किने र नयाँ समीकरणमा सरकार बन्ने दाबी गरेका छन् ।

प्रेस चौतारी नेपालले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष पाण्डेले देशलाई निकास दिन वर्तमान गठबन्धन तोडिनु आवश्यक रहेको भन्दे एमसीसीका कारण नै गठबन्धन भत्किने जिकिर गरे । अहिलेको गठबन्धन सरकारले देशलाई अनिर्णयको जालमा राखेकोले यसलाई तत्काल नभत्काए देश झनै अन्धकारमा जाने उनको भनाइ थियो ।

उनले एमसीसी फिर्ता भए अन्तर्राष्ट्रिय सहयोग रोकिने र देशमा चरम आर्थिक संकट आउने बताए । त्यसैपनि नेपालको अर्थतन्त्र धरासायी बनेको भन्दै उनले एमसीसी फिर्ता भए देशमा ठूलो आर्थिक संकट आउन सक्ने बताए । ‘रेमिट्यान्स ओरालो लागेको अवस्थामा बैंकले ऋण बढाए पनि अर्थतन्त्र झनै खुम्चिएको र यस्तो अवस्थामा वैदेशिक सहायता लग्दैनौं भन्नु मुखर्ता हुने भएकोले एमसीसी नेपालले स्वीकार्नुको विकल्प नरहेको उनको भनाइ थियो।

 

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित