प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित

निकासखबर संवाददाता

काठमाडौं।  प्रतिनिधिसभा बैठक फागुन १५ गते आइतबारसम्मका लागि स्थगित भएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले संसद् बैठक आइतबार दिउँसो १ बजे सम्मका लागि स्थगित भएको जानकारी दिए ।

अमेरिकी मेलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे छलफल गर्नका लागि शुक्रबार दिउँसो १ बजे संसद् बोलाइएको थियो । सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद बैठक आइतबारसम्म स्थगित गरिएको हो ।

कानुनमन्त्री दिलेन्द्र बडूको आग्रहमा आज बस्ने भनिएको बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी सारिएको  सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । बिहीबारका लागि बोलाइएको बैठक सूचना टाँसेर शुक्रबारका लागि सारिएको थिथो।

मा प्रकाशित