खबर

एमसीसीबारे माओवादीका चार नेताले राखे लिखित असहमति
निकासखबर संवाददाता

  काठमाडौं  । शुक्रबारबाट सुरु नेकपा माओवादी केन्द्रको बैठकमा चार नेताले एमसीसीबारे लिखित असहमति राखेका छन् ।  माओवादी प्रमुख सचेतक देव गुरुङ, प्रवक्ता कृष्णबहादुर महरा र नेताहरू गिरिराजमणि पोखरेल तथा लिलामणि पोखरेलले एमसीसी राष्ट्रघाती भएको भन्दै लिखित असहमति पेस गरेका हुन् । पार्टीको निर्णय मान्ने तर, आफ्नो मत पनि सुरक्षित रहोस् भनेर लिखित असहमति राखेको उनीहरुको भनाइ छ ।  व्याख्यात्मक घोषणा गलतरुपमा पारित गरिएको नेताहरुको भनाइ छ । ‘हामी पार्टीको निर्णय मान्छौं । तर, मत सुरक्षित रहोस् भनेर लिखित रुपमा असहमति दर्ज गराएका छौं’, बैठकपछि नेता गुरुङले भने, ‘एमसीसी रिजेक्ट हुनु पर्ने हो। यो राष्ट्रघाती सम्झौता नै हो। तर, व्याख्यात्मक…

राप्रपा नेपालले तोक्यो मधेस र गण्डकी प्रदेश प्रमुख
निकासखबर संवाददाता

काठमाडौं। राप्रपा नेपालले दुईवटा प्रदेशमा प्रदेश अध्यक्षको जिम्मेवारी तोकेको छ । पार्टी अध्यक्ष कमल थापाले विधान बमोजिम मधेस प्रदेशको अध्यक्षमा रामनरेश यादव (धनुषा) र गण्डकी प्रदेशको अध्यक्षमा राजेन्द्र बहादुर अधिकारी (तनहुँ) लाई जिम्मेवारी दिएको हो । पार्टीले भातृ संगठनहरुमा विद्यार्थी संगठन, पूर्व प्रहरी परिषद गठन गरिसकेको छ भने युवा संगठनको फागुन २१ गते, महिला संगठनको २४ गते र युवक मोर्चाको २८ गते घोषणासभा मार्फत केन्द्रीय कार्यसमिति सार्वजनिक गर्ने राप्रपाले जनाएको छ । संगठन विस्तारलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढिरहेको राप्रपा नेपालले बाँकी प्रदेश र जिल्लाहरुमा चाँडै कार्यसमिति चयन गर्ने बताएको छ ।

मोरङमा पाँच केजी गाँजासहित चार जना पक्राउ 
निकासखबर संवाददाता

मोरङ । बेलबारी नगरपालिका–४ बेतना सिमसारबाट पाँच केजी गाँजासहित चार जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका–१ बस्ने १९ वर्षीय गोबिन्द बिक, १९ वर्षीय मुस्कान राई, धनकुटा आखिसल्ला घर भएका ३३ वर्षीय केशरमान राई र धनकुटा महाभारत घर भएका २८ वर्षीय मनोज राई रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलबारीबाट छुट्टाछुट्टै समयमा खटिएको प्रहरीले गोबिन्द र मुस्कानलाई करिब १ केजी गाँजासहित पक्राउ गरेको थियो ।  यस्तै, को.२ ह ३२१५ नम्बरको अटोमा सवार अटोचालक केशरमान र मनोजलाई ४ केजी गाँजा सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

नारी दिवसबारे महिलाहरू नै अनभिज्ञ
निकासखबर संवाददाता

सप्तरी । ‘सामाजिक न्याय र लैङ्गिक समानता: दिगो विकासको सुनिश्चितता’ राष्ट्रिय नाराका साथ यस वर्ष ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै छ। नेपालमा पनि अन्तर्राष्ट्रिय महिला दिवस मनाएको दशकौं भयो। महिलाको अधिकार, महिला अधिकार रक्षा र महिलाले आफ्नो समस्या राख्ने र अधिकार माग्ने थालेको रूपमा महिला दिवस मनाइँदै आए पनि ग्रामीण भेगका महिला यसबाट अनभिज्ञ छन्। सप्तरी छिन्नमस्ता गाउँपालिका ललापट्टीकी ८० वर्षिया फुलिया देवी यादवले महिला दिवसको विषयमा अहिलेसम्म कसैले जानकारी नदिएको बताइन्।उनले भनिन्, ‘गाउँमा यस विषयमा कुरा गरेर हामीलाई जानकारी गराए पो थाहा हुन्छ । सधैं चुलाचौका र खेतीपातीको काममा व्यस्त हुँदाहुँदै जीवन सकिन लागेको छ।’ राजविराज नगरपालिका–१ कि…

नागरिक आवास कार्यक्रममा कार्यकर्ता र पहुंचवालाको हालीमुहाली
निकासखबर संवाददाता

खोटाङ । खोटाङमा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत लाभग्राही छनोटमा मनपरी भएको छ। फुसको वा कच्ची छानालाई हटाएर जस्तापाताको छाना लगाउन सरकारले ल्याएको सुरक्षित नागरिक आवास कार्यक्रममा मनपरी भएको हो। २०७७ मंसिर ९ गते सुरक्षित नागरिक आवास कार्यक्रम संयोजक विशाल भट्टराईको अध्यक्षतामा जिल्ला समन्वय समितिमा बसेको बैठकले आर्थिक वर्ष २०७७र०७८ मा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्ग वसोवास गरेको र प्राकृतिक विपत्तीमा परेका घरमूलीलाई जस्तापाता वितरणमा प्राथमिकता दिने निर्णय गरेको थियो । तर, उनिहरुले नै जस्तापाता पाएका छैनन् । हुनेखाने र पहुंचवालाको हाली मुहाली देखिएको छ। दिक्तेल रुपाकोट मझवागढी नगरपालिका–१० पाथेकामा वास्तविक लाभग्राहीले जस्तापाता नै पाउन…