खबर

महोत्तरीमा आगलागी हुँदा डेढ करोडको क्षति
निकासखबर संवाददाता

महोत्तरी । महोत्तरी जिल्लामा आगलागी हुँदा डेढ करोड रकम बराबरको क्षति भएको छ । जिल्लाको मटिहानी नगरपालिका– ८ स्थित बजारमा आज९शनिबार० बिहान पाँचवटा पसलमा आगलागी भएको हो । आगलागी सर्वप्रथम मटिहानी नगरपालिका७ बस्ने भोलाकुमार महतोले चलाउँदै आइरहेको सीता किराना पसलमा भएको थियो । प्रहरीका अनुसार विद्युत सर्ट भई आगलागी भएको हो । महतोको किराना पसलसँगै टाँसिएर रहेका अरू विभिन्न पसलमा पनि आगो सल्किँदा डेढ करोड बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । करिब दुई घन्टापछि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो । आगलागीबाट मानवीय क्षति भने भएको छैन । मटिहानीमा बारुणयन्त्र…

आज सुखानी शहीद स्मृति दिवस
निकासखबर संवाददाता

काठमाण्डाै । नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ मोड दिने झापा आन्दोलन भएको ४९ वर्ष पूरा भएको छ । तत्कालीन नक्सलवादी सशस्त्र विद्रोहबाट प्रत्यक्ष प्रभावित हुँदै २०२८ सालमा युवा कम्युनिस्टहरुले झापाको ग्रामीण क्षेत्रबाट सुरु गरेको किसान आन्दोलनको ४९ वर्ष पसरा भएको हो । झामा यसवा कम्युनिष्टहले गरको २०२८ को आन्दोलनलाई इतिहासकारले कतै ‘झापा विद्रोह’ र कतै ‘झापा वर्ग सङ्घर्ष’को संज्ञा दिएका छन् । झापा विद्रोहमा चन्द्रगढी कारागारमा थुनिएका योद्धा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीलाई २०२९ सालको फागुन २१ गते जेल सार्ने निहुँमा पञ्चायती शासकले इलामको सिमानामा पर्ने सुखानी जङ्गलमा गोली हानी हत्या गरेको थियो । त्यही…

रवि लामिछाने सहित एकदर्जनबढी पत्रकार र मिडियाविरुद्ध विद्यार्थी नेता अवस्थीले दिए उजुरी
निकासखबर संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)का विद्यार्थी नेता हेमराज अवस्थीले केहि सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताविरुद्ध उजुरी दिएका छन् । आफ्नो मृत्यु भएको भन्दै मिडिया र फेसबुकमा झुठो प्रचार गर्ने व्यक्ति विरुद्ध उजुरी दिएका हुन् । उनले पूर्वसचिव भीम उपाध्यायसहित पत्रकार रवि लामिछाने, अलि त्रिपाठी समर्थक ग्रुप, हेमराज थापा सर्मथक ग्रुप, रामा ओली, आशिका तामाङ, शिक्षा, पावर थिङकिङ्ग, डेली नेपाल लगायतका ग्रुप सञ्चालक विरुद्ध ब्यूरोमा उजुरी दिएका छन् । नेता अवस्थीले सबैलाई विद्युतिय कारोबार ऐन, २०६३ को दफा ४७ र दफा ५३ बमोजिम कारबाहीसहित आफूलाई क्षतिपूर्ति दिलाउन माग गरेका हुन् । एमसीसी सम्झौता विरुद्ध फागुन १२ गते विप्लव…

माओवादी केन्द्र ओखलढुंगाको संयोजक निशान्त शर्मा
निकासखबर संवाददाता

ओखलढुंगा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का युवा नेता निशान्त शर्मा ओखलढुंगा जिल्ला संयोजक बनेका छन् । चिशंखु गढी गाउँपालिकाका अध्यक्ष समेत रहेका शर्माले पार्टीको संयोजकको जिम्वेवारी पाएका हुन् । प्रदेश सदस्यहरुले लगाएको जिम्मा अनुसार विहिबार शर्मालाई ओखलढुंगाको जिल्ला संयोजकको जिम्मेवारी दिएको हो । माओवादी केन्द्र प्रदेश नं. १ समिति तथा जिल्लाका प्रदेश सदस्यहरुले जिल्ला नेतृत्वको टुङ्गो लगाउन नसक्दा जिल्ला संयोजक तोक्ने जिम्मा अध्यक्षलाई दिईएको थियो। शर्मालाई जिल्ला संयोजक तोकेको विषयमा पार्टी केन्द्रवाट आधिकारीक सर्कूलर भने जिल्ला पार्टी कार्यालयलाई उपलब्ध भै नसकेको जिल्ला पार्टीले जनाएको छ । जिल्ला संयोजकको जिम्मेवारी तोकेसँगै जिल्ला ईञ्चार्ज तथा सहईञ्चार्जको समेत टुङ्गो लगाउने काम चाँडै…

एमसीसीबारे माओवादीका चार नेताले राखे लिखित असहमति
निकासखबर संवाददाता

  काठमाडौं  । शुक्रबारबाट सुरु नेकपा माओवादी केन्द्रको बैठकमा चार नेताले एमसीसीबारे लिखित असहमति राखेका छन् ।  माओवादी प्रमुख सचेतक देव गुरुङ, प्रवक्ता कृष्णबहादुर महरा र नेताहरू गिरिराजमणि पोखरेल तथा लिलामणि पोखरेलले एमसीसी राष्ट्रघाती भएको भन्दै लिखित असहमति पेस गरेका हुन् । पार्टीको निर्णय मान्ने तर, आफ्नो मत पनि सुरक्षित रहोस् भनेर लिखित असहमति राखेको उनीहरुको भनाइ छ ।  व्याख्यात्मक घोषणा गलतरुपमा पारित गरिएको नेताहरुको भनाइ छ । ‘हामी पार्टीको निर्णय मान्छौं । तर, मत सुरक्षित रहोस् भनेर लिखित रुपमा असहमति दर्ज गराएका छौं’, बैठकपछि नेता गुरुङले भने, ‘एमसीसी रिजेक्ट हुनु पर्ने हो। यो राष्ट्रघाती सम्झौता नै हो। तर, व्याख्यात्मक…