महोत्तरीमा आगलागी हुँदा डेढ करोडको क्षति

निकासखबर संवाददाता

महोत्तरी । महोत्तरी जिल्लामा आगलागी हुँदा डेढ करोड रकम बराबरको क्षति भएको छ । जिल्लाको मटिहानी नगरपालिका– ८ स्थित बजारमा आज९शनिबार० बिहान पाँचवटा पसलमा आगलागी भएको हो ।

आगलागी सर्वप्रथम मटिहानी नगरपालिका७ बस्ने भोलाकुमार महतोले चलाउँदै आइरहेको सीता किराना पसलमा भएको थियो । प्रहरीका अनुसार विद्युत सर्ट भई आगलागी भएको हो ।

महतोको किराना पसलसँगै टाँसिएर रहेका अरू विभिन्न पसलमा पनि आगो सल्किँदा डेढ करोड बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

करिब दुई घन्टापछि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

मटिहानीमा बारुणयन्त्र भएपनि जलेश्वर नगरपालिकामा गएका कारण आगलागी समयमै नियन्त्रण आउन नसकेको हो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित