प्रदेश १ को नामकरणका विषयमा एमाले अध्यक्ष ओलीले खेले मुखः कोशी राख्नु पर्छ

निकासखबर संवाददाता

झापा। पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ को नाम कोशी प्रदेश राख्न सुझाब दिएका छन् । यो प्रदेशमा आठ हजार मिटर भन्दा अग्ला हिमालहरुको पानी बग्ने कोशीले सबैलाई समेट्ने र यो नै प्रदेशको पहिचान बन्ने भन्दै उनले जातीयताको आधारमा नाम नराख्न पनि आग्रह गरेका छन् ।

उनले किरात नाम राख्दा अन्य समुदायमा चोट पुग्न सक्ने वा अन्यको भावना समेटिन नसक्ने भन्दै जातको आधारमा पहिचान खोजिन नहुने तर्क राखेका छन् । शनिबार प्रेस चौतारी नेपाल प्रदेश एकको प्रथम अधिबेशनलाई झापाको बिर्तामोडमा संबोधन गर्दै एकाले अध्यक्ष ओलीले माओवादी केन्द्रले जातीय पहिचानका नाममा साजमा बिग्रह सृजना गरेको पनि आरोप लगाए । सबै समुदाय ,भुगोलको एकजुट भएमा सबै क्षेत्रको बिकास र समृद्धि प्राप्त हुने उनको भनाइ थियो ।

सबैलाई अटाउने, सबैलाई समेट्ने प्रदेश १ को नाम कोशी मात्रै हुने भएकोले यहि नाम राख्न उनको सिझाव थियो ।

फरक प्रसंगमा उनले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) आगामी चुनावबाटै सकिने दावी गरेका छन् । खहरे खोला जस्तो एक पटक निकै अग्र स्थानमा आएको पार्टी अहिले क्रमश सकिदै गएको टिप्पणी गदै धेरै महत्वाकांक्षी भएका कारण र आफ्नो नीति र सिद्धान्तमा टिक्न नसकेले माओवादी आफै सकिदै गएको उनको भनाइ थियो । आगामी चुनावमा माओवादीको पत्तासाफ हुने र माधव नेपालको समूह पार्टी नै नबनी कोपिलैमा ओइलिएर जनो उल्लेख गरे ।

 

मा प्रकाशित