ईलाका प्रहरी कार्यालय बेलबारीबाट छुट्टाछुट्टै समयमा खटिएको प्रहरीले गोबिन्द र मुस्कानलाई करिब १ केजी गाँजासहित पक्राउ गरेको थियो । यस्तै, को.२ ह ३२१५ नम्बरको अटोमा सवार अटोचालक केशरमान र मनोजलाई ४ केजी गाँजा सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।