राप्रपा नेपालले तोक्यो मधेस र गण्डकी प्रदेश प्रमुख

निकासखबर संवाददाता

काठमाडौं। राप्रपा नेपालले दुईवटा प्रदेशमा प्रदेश अध्यक्षको जिम्मेवारी तोकेको छ । पार्टी अध्यक्ष कमल थापाले विधान बमोजिम मधेस प्रदेशको अध्यक्षमा रामनरेश यादव (धनुषा) र गण्डकी प्रदेशको अध्यक्षमा राजेन्द्र बहादुर अधिकारी (तनहुँ) लाई जिम्मेवारी दिएको हो ।

पार्टीले भातृ संगठनहरुमा विद्यार्थी संगठन, पूर्व प्रहरी परिषद गठन गरिसकेको छ भने युवा संगठनको फागुन २१ गते, महिला संगठनको २४ गते र युवक मोर्चाको २८ गते घोषणासभा मार्फत केन्द्रीय कार्यसमिति सार्वजनिक गर्ने राप्रपाले जनाएको छ ।

संगठन विस्तारलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढिरहेको राप्रपा नेपालले बाँकी प्रदेश र जिल्लाहरुमा चाँडै कार्यसमिति चयन गर्ने बताएको छ ।

मा प्रकाशित