मुख्य खबर
केपी प्रवृत्तिविरुद्ध लड्न अन्यदलका नेतालाई माओवादीले प्रधानमन्त्री बनाएको होः प्रचण्ड
निकासखबर संवाददाताकाठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुले अन्य पार्टीका प्रमुखलाई प्रधानमन्त्री बनाउनुपर्ने विचित्रको अवस्था आएको बताएका छन् । उनले ‘केपी प्रवृत्ति’ विरुद्ध लड्न आफूहले त्यस्तो गरेको बताएका हुन् । ‘प्रतिगमनविरुद्धको संघर्ष’मा माओवादीले आफूलाई प्रमाणित गरेको बताउँदै प्रचण्डले आफुहरुले त्यसविरुद्ध विद्रोहको झण्डा उठाएको बताए । ‘प्रतिगमनविरुद्धको संघर्ष’मा आफूहरुले केपी प्रवृत्तिको अन्त्यका लागि गरेको र सफल भएको उनको भनाइ छ । केपी प्रवृत्तिका विरुद्ध नै आफु र माधब नेपालले शेरबहादुरलाई प्रधानमन्त्री बन्न आग्रह गरेको र त्यही अनुरुप भएको बताउदै संसदको संंख्या समेत आफुहरुले पुर्याउने अठोटका साथ देउवालाई ‘हामी संख्या पुर्याउँछौं, तपाईं प्रधानमन्त्री हुन तयार भइदिनुपर्यो भनेर नै उहाँलाई प्रधानमन्त्री…
चुनाव केन्द्रित हुँदै दलहरुः स्थानीय तहको निर्वाचनमा महानगरपालिकामा भागबण्डा
निकासखबर संवाददाताकाठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तापक्षीय गठबन्धनले तालमेल गर्ने भएका छन् । दलहरुले आफ्नो विगतलाई संझदै महानगरपालिकामा भागबण्डा गर्ने भएका हुन् । पछिल्लो समय नेकपा (माओवाी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन हुने बताईरहेको बेलामा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने भन्दै सोहीअनुसार तयारी गर्न निर्देशन दिएका छन् । उनले पार्टीका नेताहरुलाई गठबन्धनका नेताहरुलाई आँच पुर्याउनेगरि नबोल्न समेत निर्देशन दिएका छन् । देउवाले काँग्रेसको जिोको अवस्थालाई हेर्दै स्थानीय तहको निर्वाचनमा गठबन्धन गरिने बताएका छन् । अहिले गठबन्धनमा महानगरपालिकामा भागबण्डा…
राजधानीमै २२ वर्ष देखी अलपत्र आयोजना बल्ल भयो निर्माण सुरु
निकासखबर संवाददाताकाठमाडौं । काठमाडौं उपत्यकामा रहेको मध्यपुरथिमि नगरपालिकाभित्रको कमेरोटारमा ‘कमेरोटार जग्गा एकीकरण आयोजना’ सुरु भएको २२ वर्षपछि बल्ल आयोजनाभित्रका ११ मिटरको सडक कालोपत्र गर्ने कार्य सुरु भएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले तत्कालीन समयमा दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएर विसं २०५८र५९ बाट सुरु भएको थियो । आयोजनाले पटक–पटक म्याद थप गर्दै प्लट जग्गा बिक्री गर्दै आएको थियो । आफ्नो जग्गा सस्तो बिक्री गरिदिएको, उपभोक्ताको जग्गा बढी कट्टी गरेको, आयोजना ढिलाइ गरी खर्च बढाएको भन्दै आयोजना छिटो सम्पन्न गर्न उपभोक्ताले पटक–पटक दबाब दिँदै आए पनि आयोजनाले भने पटक–पटक म्याद थप्दै आएको थियो । यही कारण आयोजनाको काम ढिलाइ गर्दै गएपछि…
चुनावी गतिविधितीर केन्द्रीत हुदै रुकुम पश्चिममा प्रमुख दलहरु
निकासखबर संवाददातारुकुम पश्चिम । स्थानीय तहको चुनाव नजिकिए संगै रुकुम पश्चिम स्थित दलहरुले पनि आफ्ना गतिविधीहरु बढाएका छन् । गाउँगाउँमा आफ्ना भेला तथा प्रशिक्षण कार्यक्रम संचालन गर्नेदेखि फरक पार्टीमा रहेका नेता कार्यकर्ता र सुबेच्छुकहरुलाई आफ्नो पार्टीमा प्रवेश गराउने लहर चलाउन थालेका हुन् । नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमले स्थानीय तह निर्वाचनका लागि चुनावी परिचालन कमाण्डर बनाएर स्थानीय तहहरुमा खटाएको छ । जिल्लाका सबै स्थानीय तहहरुमा हाल विभिन्न गतिविधिहरु भैरहेका छन । माओवादी केन्द्र रुकुम पश्चिम मुसीकोट नगर समितिले निर्वाचन परिचालन समिति हालै गठन गरेको छ । पार्टी नगर समितिको विस्तारित बैठकले केन्द्रीय सदस्य बसन्त शर्मा कुशलको संयोजकत्वमा ४५ सदस्सीय निर्वाचन परिचालन…
स्थानीय तह निर्वाचनमा महिला कार्यकारी पदमा नेतृत्व खोज्दै
निकासखबर संवाददाताविराटनगर । प्रदेश १ का राजनीतिक दलका महिलाहरुले स्थानीय तहको निर्वाचनमा महिलालाई प्रमुख पदमा उम्मेदवारी दिने वतावरण बनाउन पार्टीलाई आग्रह गरेका छन् । हरेक पालिकाको एउटा वडालाई नमुना वडाको रुपमा विकास गरि महिला मात्र उम्मेदवार बनाउने काममा पार्टीले भुमिका खेल्नु पर्ने बताएका हुन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा आफ्ना र नजिकका ब्यक्तिलाई मात्र टिकट दिने र महिलासँधै हार्ने क्षेत्रमा मात्र पर्ने भएकोले सबै दलहरुले हरेक पालिकाको एउटा वडालाई नमुना बनाई वडामा अध्यक्षदेखि सबै पदहरुमा महिलालाई मात्र उठाउने वतावरण बनाउन आग्रह गरेका हुन् । दलको भातृ संगठनको रुपमा रहेका महिला संघहरुमा आबद्ध भएका महिला नेतृहरुले महिला संघहरु मार्फत पनि दवाव…

