मुख्य खबर
नेकपा (एकीकृत समाजबादी)ले चुनावकेन्द्रित अभियान घोषणा गर्दै
निकासखबर संवाददाताकाठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी छ । आज सकिने बैठकले स्थानीय चुनावकेन्द्रित अभियानसमेत घोषणा गर्ने बताइएको छ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा जारी बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीति प्रतिवदेनमाथि समूहगत छलफलको निष्कर्ष पेस भइरहेको छ । नेपालको प्रतिवेदनमाथि ९ वटा समूह बनाएर हिजो र आज बिहान छलफल गरिएको थियो । समूहगत छलफलबाट आएका सुझावहरू समेटेर प्रतिवेदन परिमार्जन गरिने बताइएको छ ।
चैतभित्र मेलम्चीको खानेपानी काठमाडौंमा ल्याउने तयारी
निकासखबर संवाददातासिन्धुपाल्चोक । गत असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ६० प्रतिशत सम्पन्न भएको छ । चैतभित्र काठमाडौं उपत्यकामा अस्थायीरुपमा भए पनि पानी लैजाने तयारीमा पुगेको मेलम्ची खानेपानी विकास समितिका डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए। चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले नेपाली सेनाको सहयोगबाट ढुङ्गा विष्फोट गराएर नदी सफाइ गर्ने काम ६० प्रतिशत काम सकिएको जनाएको छ । अस्थायीरुपमा काठमाडौँमा पानी ल्याउन मेलम्ची नदीको गेट १, ९ र ३८ मात्र प्रयोग हुने भएकाले मर्मतको काम अन्तिम चरणमा पुगेको पत्रकारसँग मुहानस्थलमा कुराकानी गर्दै कुँवरले जानकारी दिए। गेट नम्बर ३८ मा हाइड्रोलिक सिष्टम बिग्रिएकाले यसमा थप मर्मतको काम…
बारको २५ पदमा ७५ जनाको उम्मेदवारी
निकासखबर संवाददाताकाठमाडौं । नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि अध्यक्षमा आठ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षका लागि वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी, वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैँजु श्रेष्ठ, अधिवक्ता उद्धवचन्द्र घिमिरे, उत्तमबहादुर श्रेष्ठ, अनिता जधारी, कमलप्रसाद मलेंगो र पृथ्वीनाथ राईले उम्मेदवारी दिएका हुन् । यस्तै महासचिवमा ६ जनाले उम्मेदवारी दिएका प्रमुख निर्वाचन अधिकृत उषा मल्ल पाठकले जानकारी दिए । महासचिवका उमेद्वारमा राधेश्याम सुवास, केदारप्रसाद कोइराला, त्रिलोकबहादुर चन्द, उमेश प्रसाद, अञ्जिता खनाल र इन्द्रबहादुर अधिकारी रहेका छन् भने कोषाध्यक्षमा जगतबहादुर कार्की र गोविन्दराज उपाध्यायले उम्मेदवारी दिएका छन् । आगामी चैत १९ गते हुने निर्वाचनका लागि २५ पदमा ७५…
बस्नेत र राणामाथि भएको हिंसाप्रति पत्रकार महासंघको आपत्ति
निकासखबर संवाददाताकाठमाडौं । मिडिया एड्भोकेसी गुप्रको संस्थापक अध्यक्ष, वरिष्ठ पत्रकार तथा सम्पादक बबिता बस्नेत र महिला अधिकारकर्मी बन्दना राणा विरुद्ध सामाजिक सञ्जालमा आएका नकारात्मक टिप्पणी प्रति पत्रकार महासंघले निन्दा गरेको छ । घटना र बिचार साप्ताहिकमा फाल्गुन १८ गते प्रकाशित भएको ‘बलात्कारसम्बन्धी कानुनको समीक्षा गरौँ’ भन्ने शीर्षकमा छापिएको समाचारलाई लिएर केही महिला अभियन्तासहितले समूह बनाएर बस्नेतको चरित्रहत्या गर्ने तरिकाले #BoycottBabitaBasnet भनेर एक सय १९ जनाको हस्ताक्षर सहित बहिष्कार अभियान चलाएका थिए । यस्तै उक्त समहुले धम्कीपूर्ण चेतावनीसहित राणा र बस्नेतलाई सामाजिक बहिष्कार गर्न तथा राष्ट्रसङ्घीय प्रतिनिधित्वबाट राणालाई हटाउन माग गर्दै #BoycottBandanaRana लेखेको विज्ञप्ति सार्वजनिक गरेका थिए । सामाजिक सञ्जालमा एक भएर उनीमाथि…
गुटबन्दीमा हराएर परिवर्तनको संवाहक बन्न सकेनौँः प्रचण्ड
निकासखबर संवाददाताकाठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र मौलाएको गुटबन्दीका कारण पार्टी समाज परिवर्तनको संवाहकका रूपमा स्थापित हुन नसकेको बताएका छन् । बुधबार काठमाडौंमा पार्टीनिकट नेपाल उद्योग व्यवसायी महासंघको कार्यक्रममा बोल्दै उनले पयस्तो बताएका हुन् । उनले माओवादी केन्द्र समाजवादोन्मुख समाज निर्माण गर्ने पार्टी भए पनि आक्रमक ढंगले प्रचार हुन नसकेको बताउँदै प्ररिवर्तनको प्रमुख संवाहक माओवादी भए पनि आक्रमक ढंंगले समाजमा स्थापित गर्न नसकेको बताए । अध्यक्ष प्रचण्डले हामीभित्रको भएको अन्तरविरोध तथा हामी गुटबन्दीमा हराएर परिवर्तनको संवाहक बन्न र शक्ति परिचालन गर्न नसकेको भन्दै पार्टीले विधान संशोधन गरेर केन्द्रीय कमिटीमा व्यवसाथी, चिकित्सक, इन्जिनियरलगायत समाजका क्षमतावान् व्यक्तिहरूलाई…

