नेकपा (एकीकृत समाजबादी)ले चुनावकेन्द्रित अभियान घोषणा गर्दै

निकासखबर संवाददाता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी छ । आज सकिने बैठकले स्थानीय चुनावकेन्द्रित अभियानसमेत घोषणा गर्ने बताइएको छ ।

बबरमहलस्थित कार्की ब्यांक्वेटमा जारी बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीति प्रतिवदेनमाथि समूहगत छलफलको निष्कर्ष पेस भइरहेको छ ।

नेपालको प्रतिवेदनमाथि ९ वटा समूह बनाएर हिजो र आज बिहान छलफल गरिएको थियो । समूहगत छलफलबाट आएका सुझावहरू समेटेर प्रतिवेदन परिमार्जन गरिने बताइएको छ ।

 

मा प्रकाशित