गुटबन्दीमा हराएर परिवर्तनको संवाहक बन्न सकेनौँः प्रचण्ड

निकासखबर संवाददाता

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र मौलाएको गुटबन्दीका कारण पार्टी समाज परिवर्तनको संवाहकका रूपमा स्थापित हुन नसकेको बताएका छन् ।  बुधबार काठमाडौंमा पार्टीनिकट नेपाल उद्योग व्यवसायी महासंघको कार्यक्रममा बोल्दै उनले पयस्तो बताएका हुन् ।

उनले माओवादी केन्द्र समाजवादोन्मुख समाज निर्माण गर्ने पार्टी भए पनि आक्रमक ढंगले प्रचार हुन नसकेको बताउँदै प्ररिवर्तनको प्रमुख संवाहक माओवादी भए पनि आक्रमक ढंंगले समाजमा स्थापित गर्न नसकेको बताए । अध्यक्ष प्रचण्डले हामीभित्रको भएको अन्तरविरोध तथा हामी गुटबन्दीमा हराएर परिवर्तनको संवाहक बन्न र शक्ति परिचालन गर्न नसकेको भन्दै पार्टीले विधान संशोधन गरेर केन्द्रीय कमिटीमा व्यवसाथी, चिकित्सक, इन्जिनियरलगायत समाजका क्षमतावान् व्यक्तिहरूलाई सहभागी गराइने पनि बताए ।

महत्त्वपूर्ण र क्षमतावान् व्यक्तिहरूलाई केन्द्रीय कमिटीमा प्रतिनिधित्व हुनुपर्छ भन्ने मान्यता विश्वभरि रहेको र हाम्रो पार्टीले त्यसरी आत्मासात् गर्न नसकेको उनको भनाइ थियो ।  विधानमा केही संशोधन गरिएकोले केन्द्रमा प्रतिनिधित्व नयाँ ढंगले गराइने बताउँदै माओवादी बिचौलियाको रोल खेल्ने अर्थतन्त्रको विकास गर्ने पक्षमा नरहेको उनले उल्लेख गरे ।

उद्योग, व्यवसायको विकास गरेर रोजगारी सिर्जना गर्नु अहिलको आवश्यक्ता भएको भन्दै उनले समाज विकासको नयाँ मोडेल खोज्नुपर्नेमा जोड दिए । राष्ट्रमा भएका साधन–स्रोतको अधिकतम सदुपयोग गर्न उद्योग, व्यवसायको विकास गर्न जरुरी रहेको उनको भनाइ छ ।

मा प्रकाशित