मुख्य खबर

एमसीसीबारे जथाभावी नबोल्न माधव नेपालको निर्देशन
निकासखबर संवाददाता

काठमाडौं । सत्तारूढ दल नेकपा (एकीकृत समावजादी) का अध्यक्ष माधवकुमार नेपालले एमसीसीका विरोधमा पार्टीले निर्णय गरिसकेको भन्दै त्यसविरूद्ध लेखिएका स्टाटसहरू फिर्ता लिन आग्रह गरेका छन्। एमसीसीको सन्दर्भमा पार्टीका केही नेताले अत्यन्तै गम्भीर र आपत्तिजनक कुरा फेसबुकमा लेखेको भन्दै गल्ती स्वीकार गर्न चेतावनी दिएका हुन् । काठमाडौंमा बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीबारे जथाभावी नबोल्न र सामाजिक सञ्जालमा पनि नलेख्न नेताहरूलाई निर्देशन दिएका छन् । एमसीसीविरुद्ध अभिव्यक्त विचार फिर्ता लिन नेताहरूलाई निर्देशन दिँदै उनले भने, ‘एमसीसीको विषयमा अत्यन्तै गम्भीर कुरा फेसबुकमा लेख्नुभएको छ । ती कुराहरू आपत्तिजनक छन् । पार्टीले सहन सक्दैन ।…

निर्वाचन आयोगको निर्णयप्रति केपी ओलीको आपत्ति
निकासखबर संवाददाता

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनका लागि मतदाता पत्रको रङ हरियो राख्न थालिएको भन्दै आपत्ति जनाएका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार बसन्तपुरमा एमालेनिकट भ्रातृ संगठन अनेमसंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मतपत्रको रङ हरियो राख्न नहुने बताएका हुन् । सम्वोधनका क्रममा उनल भने ‘मैले सुनेको छु, चुनाव चिह्न राख्ने रे । सञ्चार माध्यममा देखेँ । तर, व्यस्त रहेकाले मैले आयोगलाई सोध्न भ्याएको छैन’, उनले भने, ‘किन हरियो राख्ने रु रुखैरुख देखियोस् भनेर रु तर, यो आयोगले निर्णय गरेको भए सच्याउनुपर्छ ।’ उनले यस कार्यालाई सच्याउनु  पर्ने बताउँदै एमालेविरुद्ध राज्यका सबै अंग प्रयोग गरिएको बताएका थिए ।…

महिला हिंसा अन्त्यको बाधक राजनीतिक हस्तक्षेप र फितलो कानुन कार्यान्वयनः शुभद्रा आले
निकासखबर संवाददाता

काठमाडौँ । ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’ अर्थात जहाँ नारीको पूजा गरिन्छ, त्यहाँ देवता रमाउँछन् । यस श्लोकको अर्को अर्थमा पनि बुझ्न सकिन्छ कि जहाँ नारीको सम्मान गरिन्छ, त्यहाँ भगवान रमाउँछन् । तर, उनै नारीमाथिको विभेद र अत्याचार अझै समाजमा जरो गाडेर बसेको छ । विश्व आधुनिक युगमा प्रवेश गरेसँगै महिला शिक्षित पनि हुँदै गए । तर, घरघरमा कुन न कुनै रुपमा महिला हिंसामा परेको देखिन्छ । हिंसाविरुद्ध आवाज उठाउन अझै पीडित महिलाले सकेका छैनन् । यही माहोल र अवस्थामा पीडित महिलालाई न्याय दिलाउन भने कम्मर कसेर लागेकी छन्, सुभद्रा आले । नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक ९असई०बाट सेवानिवृत्त…

प्रदेश १ की एक्ली महिला स्थानीयतह अध्यक्ष, जसले संघीयतालाई स्थापित गर्न मिहिनेत गरिन्
निकासखबर संवाददाता

झापा । मेनुका काफ्ले लामो राजनीतिक संघर्षले स्थापित नाम हो । ०३६र०३६ को विद्यार्थी आन्दोलनले जन्माएको योद्धा हुन्, मेनुका । २०४० सालबाट नेपाली कम्युनिस्ट आन्दोलनमा ‘होल टाइमर’ भएर होमिएकी मेनुका पार्टीको विभिन्न कमिटीमा काम गर्दै अहिले केन्द्रीय सदस्य भएकी छन् । संघीयतापछि भनेको पहिलो स्थानीय सरकारको पनि नेतृत्व गर्दै छिन्, उनी । संघीयतालाई संस्थागत गर्ने ठूलो जिम्मेवारी सम्हालेर २०७४ को स्थानीय तहको निर्वाचनपछि उनी झापाको कमल गाउँपालिका अध्यक्ष छिन् । उनी गोलाप्रथाबाट विजयी भएकी हुन् । कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार हुकुमसिंह राईसँग बराबरी मत भएपछि भएको गोलमा उनी विजयी भइन् । काफ्ले प्रदेश(१ कै एक्ली महिला पालिका अध्यक्ष हुन्…

भेडीगोठदेखि सिंहदरबारसम्म थमसरा पुन
निकासखबर संवाददाता

पोखरा । ‘म अहिले जे छु, यो अवस्थामा आउन धेरै संघर्ष गरेको छु । अवसरहरू सजिलै पाए पनि अवसर पाउने बेलासम्म आइपुग्न धेरै मिहेनत गरेँ,’ म्याग्दीको धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुन आफ्नो विगत सम्झिन्छिन् । संघर्षबाट खारिएकी नेताको परिचय बनाएकी उनी बाल्यकालदेखि नै कठिन संघर्षको यात्रा तय गरेर गाउँपालिकाको जिम्मेवारी सम्हाल्ने अवस्थामा आइपुगेको बताउँछिन् । ‘दुर्गम गाउँको मगरको छोरी, १५ वर्ष नपुग्दै टिपेर लाहुरेलाई दिने संस्कार अहिले पनि छ । रोधी बस्ने चलन हटेको छैन,’ आफ्नो बाल्यकाल सम्झिँदै उनले भनिन्, ‘कम्ता दुस्ख व्यहोर्नुपरेन । गाह्रो त कति भयो भयो, भनिसाध्य छैन । आफ्नो कर्म र भाग्यले गर्दा यहाँसम्म आएँ होला…