मुख्य खबर
नारी दिवस, ‘कागलाई बेल पाक्यो हर्ष न विस्मत’
निकासखबर संवाददाताकाठमाडौँ। आज मार्च ८ गते विश्वभर नै नारी दिवस मनाइँदैछ । यस दिवसलाई महिला दिवस पनि भन्ने गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवस महिला जागरूकताको दिवस पनि हो । नारी दिवस सन् १९१० मा क्लारा जेट्किनले सुरु गरेकी थिइन् । राजनीतिक तवरबाट शुरू भएको भए पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानतालगायतका सवालहरू अन्तराष्ट्रिय महिला दिवसका विषयहरू बन्ने गरेको छ । विश्वभरका विभिन्न महिला समूहरूद्वारा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै नारी दिवस मनाउने गरेका छन् । विभिन्न संघ(संस्था र कम्पनीहरुले पनि यस दिन विविध कार्यक्रमको आयोजना गर्ने गर्दछन्। साथै धेरै जसो क्षेत्रमा आज काम गर्ने महिलाहरुलाई बिदा दिने चलन छ।…
यातायात भाडा समायोजन गर्न माग
निकासखबर संवाददाताकाठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले पेट्रोलियम पदार्थको मूल्य अत्याधिक बढेको भन्दै तत्काल यातायात भाडा समायोजन गर्न माग गरेको छ । महासङ्घले आज पत्रकार सम्मेलनको आयोजना गरी यातायात भाडा समायोजन गर्न माग गरेको । सरकारले गत असार २८ गते सार्वजनिक यातायातको भाडा समायोजन गरेको थियो । भाडा समायोजनयता डिजेलको मूल्यमा प्रतिलिटर रु २६ र पेट्रोलको मूल्य प्रतिलिटर रु ३९ वृद्धि भएको छ । महासङ्घले पेट्रोलियम पदार्थमा प्रतिलिटर पाँच रुपैयाँ घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने अवस्था भए पनि इन्धनको मूल्यमा उच्चवृद्धि हुँदासमेत सरकारले भाडा समायोजन गर्न चासो नदेखाएको जनाउँदै भाडा समायोजन नगरे आगामी चैत १ गतेदेखि आन्दोलनमा उत्रने बताएको हो…
माओवादी केन्द्र थपिए ९७ केन्द्रीय सदस्य
निकासखबर संवाददाताकाठमाडौं । नेकपा (माओवादी केन्द्र)ले ९७ जना केन्द्रीय समिति सदस्य थप गरेको छ । जारी केन्द्रीय समितीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ९७ जनाको प्रस्ताव गरेका हुन्। खुलातर्फ ५५ तथा समानुपातिकतर्फ ४२ जनाको नाम प्रचण्डले बैठकसमक्ष पेश गरेका थिए । प्रचण्डले प्रस्तावि गरेका ९७ जना केन्द्रीय सदस्यहरू निम्न छन्ः दलित पुरुषतर्फबाट शंकर दुलाल–वाग्मती, ठाकुर बिक–लुम्बिनी, टेक बहादुर मिजार–वाग्मती, रणेन्द्र बराइली–वाग्मती, कर्णबहादुर बिक–सुदूरपश्चिम, रामलाल बिक–कर्णाली दलित महिला अनिता परियार–प्रदेश १ दलित महिला युवा सपना परियार–प्रदेश–१ मुस्लिम पुरुष अतर हुसेन–लुम्बिनी, रजि हैदर–मधेस, कोहिद अन्सारी–मधेस, इश्रार खान–लुम्बिनी मुस्लिम महिला शेख चाँद तारा–मधेस मधेसी पुरुष सूर्य नाथ यादव–मधेस, अशोक जयशवाल–मधेस, सत्य नारायण भगत–मधेस, दिलीप…
माओवादीमा पदाधीकारी चयन चुनावपछि मात्रै
निकासखबर संवाददाताकाठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय कमिटी बैठकबाट पदाधीकारी चयन नहुने भएको छ । पार्टीमा अध्यक्षबाहेक बाँकी रहेका सबै पदाधीकारी वैशाखमा हुने स्थानीय चुनावपश्चात् मात्रै चयन गरिने भएको हो । माओवादीले जारी केन्द्रीय कमिटी बैठकबाट बाँकी रहेका पदाधीकारी चयन गर्ने बताइए पनि अन्तिम समयमा आएर स्थगन गर्नुपरेको एक केन्द्रीय सदस्यले जानकारी दिए । पदाधीकारी चयन नगरी चुनावमा जाने भन्ने सहमति भएको उनको भनाइ छ । माओवादी केन्द्रको विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था रहेको छ ।
माओवादी केन्द्र बैठकः केन्द्रीय प्रतिनिधि तोकिएकालाई केन्द्रीय सदस्य नियुक्तिको तयारी
निकासखबर संवाददाताकाठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि तोकिएका नेताहरुलाई केन्द्रीय सदस्यमा नियुक्त गर्ने तयारी गरेको छ । शुक्रबार देखि राजधानीमा जारी केन्द्रीय समिति बैठकले विद्यार्थी, युवा र मजदुरबाट नयाँ नेताहरुलाई नियुक्तीको तयारी गरेको हो । अहिले काठमाडौंमा उपलब्ध रमेश मल्ल, रन्जित तामाङ, उत्तम अधिकारी, विजय गौतम र तिलक भण्डारी लगायत नेताहरु बैठकमा सहभागी भएका छन् । उनीहरुसमेत केही अन्य नेताहरुलाई पनि बैठकमा बोलाइएको बताइएको छ । आफूहरुलाई बोलाएपछि बैठकमा सहभागी भएको एक नेताले बताए । अहिले माओवादी केन्द्रमा २४६ केन्द्रीय सदस्य रहेका छन् ।

