माओवादीमा पदाधीकारी चयन चुनावपछि मात्रै

निकासखबर संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय कमिटी बैठकबाट पदाधीकारी चयन नहुने भएको छ । पार्टीमा अध्यक्षबाहेक बाँकी रहेका सबै पदाधीकारी वैशाखमा हुने स्थानीय चुनावपश्चात् मात्रै चयन गरिने भएको हो ।

माओवादीले जारी केन्द्रीय कमिटी बैठकबाट बाँकी रहेका पदाधीकारी चयन गर्ने बताइए पनि अन्तिम समयमा आएर स्थगन गर्नुपरेको एक केन्द्रीय सदस्यले जानकारी दिए । पदाधीकारी चयन नगरी चुनावमा जाने भन्ने सहमति भएको उनको भनाइ छ ।

माओवादी केन्द्रको विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था रहेको छ ।

मा प्रकाशित