मुख्य खबर
दुई दिने शिशुसहित एकै परिवारका पाँचजनाको मृत्यु
निकासखबर संवाददाताकाठमाडौं । ललितपुरको कोन्जोसोम गाउँपालिका–४ नल्लुमा एकै परिवारका ४ जना मृत भेटिएका छन् । मृत्यु हुनेमा ५५ वर्षीया काइली स्याङ्तान, २२ वर्षीया सुश्मा स्याङतान, ९ वर्षीय आशिष स्याङतान, ५ वर्षीय आश्मा स्याङतान र २ दिनको शिशु सुभाष स्याङतान रहेका छन् । घाइते अवस्थामा भेटिएका सुभाषको उपचारका क्रममा पाटन अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ । आइतबार साँझ खाना खाएर सुतेका उनीहरु सोमबार बिहान मृत भेटिएका हुन् । निस्सासिएर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ। प्रहरीका अनुसार आशिष, आश्मा र सुभास मृतक सुष्माका छोराछोरी हुन् भने काइली, सुयासकी आमा हुन् । । उनका श्रीमान् २३ वर्षीय सुयास स्याङतान…
बलात्कार आरोपी एमाले सांसद बानियाँको पद निलम्बन
निकासखबर संवाददाताकाठमाडौं । बलात्कार गरेको आरोपमा पक्राउ परेका एमालेका मोहन बानियाँको सांसद पद निम्बनमा परेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बानियाँको सांसद पद निलम्बनमा परेको जानकारी दिएका हुन् । मुगुबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका बानियाँमाथि एक शिक्षिकाले बलात्कारको उजुरी दिएपछि पक्राउ गरी अनुसन्धान भइरहेको छ । उनी जिल्ला प्रहरी कार्यालय बाँकेको न्यायिक हिरासतमा छन् ।
दमौलीमा लागेको आगो नियन्त्रणमा मन्त्री श्रेष्ठको अग्रसरता, हेलीकप्टरमा पानी लिएर दमौली प्रस्थान
निकासखबर संवाददातादमौली । तनहुँको सदरमुकाम दमौली बजारमा आगलागी अनियन्त्रित भएपछि आगलागी निरीक्षणमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले काठमाडौंबाट पानीसहितको हेलिकप्टर लिएर दमौली प्रस्थान गरेका छन् । आगो निभाउन मन्त्री श्रेष्ठ सिम्रिक एयरको हेलिकप्टरमा पानी लिएर दमौली गएका हुन् । स्थानीय स्तरबाट आगो निभाउन नसकेपछि मन्त्री श्रेष्ठले आफ्नै पहलमा पानीसहितको हेलिकप्टर व्यवस्था गरेका हुन् । व्यास नगरपालिका–४ स्थित मुख्यचोक भूपाल हार्डवयरमा आगलागी भएको हो । हार्डवेयरको गोदाममा आइतबार बिहान १० बजेदेखि आगलागी सुरु भएको थियो । प्रहरी र स्थगानीयको प्रयासमा आगलागी नियन्त्रणको प्रयास भइरहे पनि नियन्त्रणमा लिन सकिएको छैन् । आगलागीको कारणबारे खुल्न नसकेको तनहुँ प्रहरीले जनाएको छ ।
ओखलढुंगामा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ घाइते
निकासखबर संवाददाताओखलढुंगा, फागुन २२ गते । ओखलढुंगाको सद्धिचरण नगरपालिका वडा नं. ५ मा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान जिल्लाको चिशंखुगढी–३ दियालेबाट ओखलढुंगा सदरमुकाम आउदै गरेको प्र १–०२–००१ ज ३८७५ नम्बरको बोलेरो सिद्धिचरण नगरपालिका–५ स्थित सिस्नेखोलामा दुर्घटना भएको हो । दुर्घटना हुँदा बोलेरोमा सवार चिशंखुगडी– ३ पोखरेकी ३५ वर्षिया कुमारी श्रेष्ठको मृत्यु भएकोजिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सुचना अधिकारी प्रहरी निरीक्षक उद्धव पोखरेलले जानकारी दिए । उनका उनुसरा दुर्घटनामा गम्भिर घाइते भएकी उनको ओखलढुंगा सामुदायिक अस्पताल सोब्रुमा उपचारको क्रममा ज्यान गएको हो । बोलेरोमा सवार अन्य ७ जना घाइते भएका र घाइते मध्ये ४३ वर्षिया सिता…
माओवादी केन्द्रीय कमिटी बैठक आज ११ वजे बस्ने
निकासखबर संवाददाताकाठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज (आइतबार) पनि बस्दैछ । गत शुक्रबारर देखि सुरु भएको बैठक बिहान ११ बजे बस्न भएको हो । आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन लगायतका एजेण्डामा छलफल हुने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । माओवादीले पदाधिकारीसँगै स्थायी कमिटी चयनको तयारी थालेको छ । गत शुक्रबारको बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएको थियो ।

