मुख्य खबर

बलात्कार आरोपी एमाले सांसद बानियाँको पद निलम्बन
निकासखबर संवाददाता

काठमाडौं । बलात्कार गरेको आरोपमा पक्राउ परेका एमालेका मोहन बानियाँको सांसद पद निम्बनमा परेको छ ।  आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बानियाँको सांसद पद निलम्बनमा परेको जानकारी दिएका हुन् । मुगुबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका बानियाँमाथि एक शिक्षिकाले बलात्कारको उजुरी दिएपछि पक्राउ गरी अनुसन्धान भइरहेको छ । उनी जिल्ला प्रहरी कार्यालय बाँकेको न्यायिक हिरासतमा छन् ।

दमौलीमा लागेको आगो नियन्त्रणमा मन्त्री श्रेष्ठको अग्रसरता, हेलीकप्टरमा पानी लिएर दमौली प्रस्थान
निकासखबर संवाददाता

दमौली । तनहुँको सदरमुकाम दमौली बजारमा आगलागी अनियन्त्रित भएपछि आगलागी निरीक्षणमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले काठमाडौंबाट पानीसहितको हेलिकप्टर लिएर दमौली प्रस्थान गरेका छन् । आगो निभाउन मन्त्री श्रेष्ठ सिम्रिक एयरको हेलिकप्टरमा पानी लिएर दमौली गएका हुन् । स्थानीय स्तरबाट आगो निभाउन नसकेपछि मन्त्री श्रेष्ठले आफ्नै पहलमा पानीसहितको हेलिकप्टर व्यवस्था गरेका हुन् । व्यास नगरपालिका–४ स्थित मुख्यचोक भूपाल हार्डवयरमा आगलागी भएको हो । हार्डवेयरको गोदाममा आइतबार बिहान १० बजेदेखि आगलागी सुरु भएको थियो । प्रहरी र स्थगानीयको प्रयासमा आगलागी नियन्त्रणको प्रयास भइरहे पनि नियन्त्रणमा लिन सकिएको छैन् । आगलागीको कारणबारे खुल्न नसकेको तनहुँ प्रहरीले जनाएको छ ।  

ओखलढुंगामा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ घाइते
निकासखबर संवाददाता

  ओखलढुंगा, फागुन २२ गते । ओखलढुंगाको सद्धिचरण नगरपालिका वडा नं. ५ मा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान जिल्लाको चिशंखुगढी–३ दियालेबाट ओखलढुंगा सदरमुकाम आउदै गरेको प्र १–०२–००१ ज ३८७५ नम्बरको बोलेरो सिद्धिचरण नगरपालिका–५ स्थित सिस्नेखोलामा दुर्घटना भएको हो । दुर्घटना हुँदा बोलेरोमा सवार चिशंखुगडी– ३ पोखरेकी ३५ वर्षिया कुमारी श्रेष्ठको मृत्यु भएकोजिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सुचना अधिकारी प्रहरी निरीक्षक उद्धव पोखरेलले जानकारी दिए । उनका उनुसरा दुर्घटनामा गम्भिर घाइते भएकी उनको ओखलढुंगा सामुदायिक अस्पताल सोब्रुमा उपचारको क्रममा ज्यान गएको हो । बोलेरोमा सवार अन्य ७ जना घाइते भएका र घाइते मध्ये ४३ वर्षिया सिता…

माओवादी केन्द्रीय कमिटी बैठक आज ११ वजे बस्ने
निकासखबर संवाददाता

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज (आइतबार) पनि बस्दैछ । गत शुक्रबारर देखि सुरु भएको बैठक बिहान ११ बजे बस्न भएको हो । आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन लगायतका एजेण्डामा छलफल हुने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । माओवादीले पदाधिकारीसँगै स्थायी कमिटी चयनको तयारी थालेको छ । गत शुक्रबारको बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएको थियो ।  

एमालेले संसद चल्न नदिए प्रतिनिधिसभा विघटन हुने थापाको चेतावनी
निकासखबर संवाददाता

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेले संसद चल्न नदिए प्रतिनिधिसभा विघटन हुने चेतावनी दिएका छन् । कांग्रेसनिकट निजामती कर्मचारी युनियनको आठौँ महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले शनिबार यस्तो बताएका हुन् । उनले संसद अहिलेकै अवस्थामा चल्न नसक्ने र एमालेले अवरोध गरीराख्ने हो भने अव संसद विघटन भएर देश अर्ली ईलेक्सनमा जाने बताए । कम्युनिस्टले भत्काएको लोकतन्त्र र संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको हातमा आएको बताउँदै उनले कम्युनिस्टहरू असफल भएकै कारण कांग्रेसको हातमा सत्ता आएको बताएका थिए । स्थानीय तहको निर्वाचन वैशाख ३० गते नै गर्नुपर्ने भन्दै थापाले कांग्रेसले चुनाव जित्ने आधार तय भइसकेको दाबी समेत गरे ।