दुई दिने शिशुसहित एकै परिवारका पाँचजनाको मृत्यु

निकासखबर संवाददाता

काठमाडौं । ललितपुरको कोन्जोसोम गाउँपालिका–४ नल्लुमा एकै परिवारका ४ जना मृत भेटिएका छन् । मृत्यु हुनेमा ५५ वर्षीया काइली स्याङ्तान, २२ वर्षीया सुश्मा स्याङतान, ९ वर्षीय आशिष स्याङतान, ५ वर्षीय आश्मा स्याङतान र २ दिनको शिशु सुभाष स्याङतान रहेका छन् ।

घाइते अवस्थामा भेटिएका सुभाषको उपचारका क्रममा पाटन अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ । आइतबार साँझ खाना खाएर सुतेका उनीहरु सोमबार बिहान मृत भेटिएका हुन् । निस्सासिएर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ।

प्रहरीका अनुसार आशिष, आश्मा र सुभास मृतक सुष्माका छोराछोरी हुन् भने काइली, सुयासकी आमा हुन् । । उनका श्रीमान् २३ वर्षीय सुयास स्याङतान घाइते छन् ।

मा प्रकाशित