ओखलढुंगामा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ घाइते

निकासखबर संवाददाता

 

ओखलढुंगा, फागुन २२ गते । ओखलढुंगाको सद्धिचरण नगरपालिका वडा नं. ५ मा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान जिल्लाको चिशंखुगढी–३ दियालेबाट ओखलढुंगा सदरमुकाम आउदै गरेको प्र १–०२–००१ ज ३८७५ नम्बरको बोलेरो सिद्धिचरण नगरपालिका–५ स्थित सिस्नेखोलामा दुर्घटना भएको हो ।

दुर्घटना हुँदा बोलेरोमा सवार चिशंखुगडी– ३ पोखरेकी ३५ वर्षिया कुमारी श्रेष्ठको मृत्यु भएकोजिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सुचना अधिकारी प्रहरी निरीक्षक उद्धव पोखरेलले जानकारी दिए । उनका उनुसरा दुर्घटनामा गम्भिर घाइते भएकी उनको ओखलढुंगा सामुदायिक अस्पताल सोब्रुमा उपचारको क्रममा ज्यान गएको हो ।
बोलेरोमा सवार अन्य ७ जना घाइते भएका र घाइते मध्ये ४३ वर्षिया सिता भुजेल र २७ वर्षिय चालक हिमाल खतिवडालाई थप उपचारको लागि काठमाडौं पठाइएको पापेख्रेलको भनाइ छ ।

प्रहरीका अनुसार बोलेरोमा ८ जना सवार थिए । अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको र बोलेरो सडकवाट करिब ३० मिटर तल खसेको प्रहरील जनाएको छ ।

 

मा प्रकाशित