माओवादी केन्द्र बैठकः केन्द्रीय प्रतिनिधि तोकिएकालाई केन्द्रीय सदस्य नियुक्तिको तयारी

निकासखबर संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि तोकिएका नेताहरुलाई केन्द्रीय सदस्यमा नियुक्त गर्ने तयारी गरेको छ । शुक्रबार देखि राजधानीमा जारी केन्द्रीय समिति बैठकले विद्यार्थी, युवा र मजदुरबाट नयाँ नेताहरुलाई नियुक्तीको तयारी गरेको हो ।

अहिले काठमाडौंमा उपलब्ध रमेश मल्ल, रन्जित तामाङ, उत्तम अधिकारी, विजय गौतम र तिलक भण्डारी लगायत नेताहरु बैठकमा सहभागी भएका छन् । उनीहरुसमेत केही अन्य नेताहरुलाई पनि बैठकमा बोलाइएको बताइएको छ ।

आफूहरुलाई बोलाएपछि बैठकमा सहभागी भएको एक नेताले बताए । अहिले माओवादी केन्द्रमा २४६ केन्द्रीय सदस्य रहेका छन् ।

मा प्रकाशित