एमसीसीबारे जथाभावी नबोल्न माधव नेपालको निर्देशन

निकासखबर संवाददाता

काठमाडौं । सत्तारूढ दल नेकपा (एकीकृत समावजादी) का अध्यक्ष माधवकुमार नेपालले एमसीसीका विरोधमा पार्टीले निर्णय गरिसकेको भन्दै त्यसविरूद्ध लेखिएका स्टाटसहरू फिर्ता लिन आग्रह गरेका छन्। एमसीसीको सन्दर्भमा पार्टीका केही नेताले अत्यन्तै गम्भीर र आपत्तिजनक कुरा फेसबुकमा लेखेको भन्दै गल्ती स्वीकार गर्न चेतावनी दिएका हुन् ।

काठमाडौंमा बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीबारे जथाभावी नबोल्न र सामाजिक सञ्जालमा पनि नलेख्न नेताहरूलाई निर्देशन दिएका छन् ।

एमसीसीविरुद्ध अभिव्यक्त विचार फिर्ता लिन नेताहरूलाई निर्देशन दिँदै उनले भने, ‘एमसीसीको विषयमा अत्यन्तै गम्भीर कुरा फेसबुकमा लेख्नुभएको छ । ती कुराहरू आपत्तिजनक छन् । पार्टीले सहन सक्दैन । बहुमतको निर्णय पार्टीको निर्णय हुन्छ । आफ्नो गल्ती स्वीकार्नुस् । अन्यथा स्पष्टीकरण सोध्नुपर्ने अवस्था आउँछ ।’

एमसीसीका विषयमा नेता झलनाथ खनालको फरक विचार सार्वजनिक भइरहेका बेला अध्यक्ष नेपालको सो निर्देशन आएको हो ।

मा प्रकाशित