मुख्य खबर

भासेलकिभको हवाई आधार ध्वस्त
निकासखबर संवाददाता

किभ। रुसी सेनाको रकेट हमलामा भासेलकिभ शहरको एउटा हवाई आधार ध्वस्त भएको स्थानीय मेयरको भनाई उदृत गर्दै इन्टरफ्याक्स युक्रेनले जनाएको छ । रकेट हमलामा हतियारसम्बन्धी डिपो प्रभावित भएको भासेलकिभका मेयरले बताएका छन् । रुसी सेनाले युक्रेन हमलालाई तीव्र पारेको छ। अहिले रुसी सेनाले राजधानी किभलाई मुख्य निशाना बनाइरहेको छ । रुसी फौज राजधानी किभबाट केही किलोमिटरको दूरीमा मात्र रहेको प्राप्त विवरणहरुमा जनाइएको छ। रुसी सेनाले राजधानीमा रकेट हमला गरेको छ । रुसी सेनाले २४ फेब्रुवरीदेखि युक्रेनमा हमला गरिरहेको छ। रुसी हमलालाई युक्रेनी सेनाले कडा प्रतिकार गरेको छ । हमलाका कारण युक्रेनबाट २० लाख भन्दाबढी मानिस ज्यान जोगाउन विभिन्न देशमा शरण…

नक्कली कम्युनिष्टलाई जनताले नांगेझार पार्नुपर्छः झलनाथ खनाल
निकासखबर संवाददाता

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेपालका धेरै कम्युनिष्ट पार्टीहरु कम्युनिष्टको खोल ओढेका नक्कली कम्युनिष्ट भएको बताएका छन् । एकीकृत समाजवादीको भक्तपुर नगर समितिले शनिबार गरेको नगरस्तरीय भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीजस्ता यहाँं धेरै नक्कली कम्युनिष्ट नेता र पार्टी रहेको बताए। नक्कली कम्युनिष्टलाई जनताले समयमै चिनेर नांगेझार पार्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा विभिन्न पार्टी परित्या गरी आएका ६९ जनालाई खनालले पार्टी प्रवेश गराएका थिए । कार्यक्रममा पार्टी भक्तपुर नगर समितिका अध्यक्ष प्रविण बाटी, जिल्ला अध्यक्ष श्याम वस्नेत, ओमचरण अमात्य, डा राजेन्द्र कोजूलगायतले कम्युनिष्ट आन्दोलनलाई अगाडि…

देशको संकटमोचन गर्ने भूमिकामा माओवादी केन्द्र: प्रचण्ड
निकासखबर संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी संकटमोचनको भूमिकामा रहेको बताएका छन् । शनिबार नुवाकोटमा स्व‌‍‍‍‍. पोष्टबहादुर बोगटीको शालिक अनावरण गर्ने क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तो बताएका हुन् । उनले जनयुद्धलाई शान्ति प्रक्रियामा रुपान्तरण गर्नु सामान्य नभएको र त्यसपछिको १२ बुँदे सम्झौता, वृहत शान्ति प्रक्रियामा माओवादी केन्द्रको भूमिका संकटमोचनकै रुपमा रहेको बताए । संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्न पनि समान्य नभएको बताउँदै उनले सबै कुरामा माओवादी अघि बढेर देशलाई निकास दिने काम गरेको बताए । अहिले पनि आफूहरु जुनसुकै बेला देशको संकटमोचनका लागि लाग्नु पर्ने अवस्था रहेको उनको भनाई थियो । उनले अमेरिकी सहयोग परियोजना…

एमसीसीको विरोधमा प्रदर्शन
निकासखबर संवाददाता

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता राष्ट्रघाती भएको भन्दै शनिबार पनि विरोधका प्रदर्शन भएको छ । विभिन्न साना ६ दलनिकट युवा संगठनमा आबद्ध व्यक्तिहरूले विरोध प्रदर्शन गरेका हुन् । शनिबार काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म एमसीसी सम्झौताविरुद्ध उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले मुलुकको हितविपरीतको एमसीसीलाई तत्काल खारेज गर्नुपर्ने माग गरेका थिए ।

प्रचण्डमाथि ढुङ्गा प्रहार भएको समाचार भ्रामक
निकासखबर संवाददाता

सुर्खेत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि ढुङ्गामुढा प्रहार भएको समाचार गलत भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सामाजिक सञ्जाल फेसबुकमा ‘प्रचण्डमाथि सुर्खेतमा ढुंङ्गा प्रहार अवस्था गम्भीर’ भन्ने स्ट्याटस सार्वजनिक भएपछि त्यो गलत भएको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आफ्नो फेकबुक पेजमा प्रचण्डमाथि ढुंगा प्रहार भन्ने समाचार भ्रमक भएको भन्दै ‘आज मिति २०७८साल फागुन २७ गतेको दिन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिको आयोजनामा सञ्चालित राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत आउनु भएकोमा हाल सामाजिक सञ्जालमा उहाँ माथि ढुङ्गा मुढा…