प्रचण्डमाथि ढुङ्गा प्रहार भएको समाचार भ्रामक

निकासखबर संवाददाता

सुर्खेत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि ढुङ्गामुढा प्रहार भएको समाचार गलत भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सामाजिक सञ्जाल फेसबुकमा ‘प्रचण्डमाथि सुर्खेतमा ढुंङ्गा प्रहार अवस्था गम्भीर’ भन्ने स्ट्याटस सार्वजनिक भएपछि त्यो गलत भएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले आफ्नो फेकबुक पेजमा प्रचण्डमाथि ढुंगा प्रहार भन्ने समाचार भ्रमक भएको भन्दै ‘आज मिति २०७८साल फागुन २७ गतेको दिन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिको आयोजनामा सञ्चालित राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत आउनु भएकोमा हाल सामाजिक सञ्जालमा उहाँ माथि ढुङ्गा मुढा प्रहार भएको भनी समाचार तथा सूचना केही व्यक्ति तथा मिडियाले अनर्गल तथा आधा रहिन रूपमा सम्प्रेषण गरेको पाइएकोले यसमा कुनै पनि सत्यता नभएको ब्यहोरा अनुरोध गरिन्छ,’ भनेको छ।

प्रहरी कार्यालयले झुठा र भ्रमपूर्ण समाचार सम्प्रेषण गर्नेलाई विद्युतिय ऐन, २०६३ बमोजिम कारबाही गरिने पनि सूचनामा भनेको छ ।  साथै यस प्रकारका झुटा भ्रमपूर्ण र शान्तिसुरक्षाको दृष्टिकोणले गम्भीर प्रकृतिका सूचनाहरू सम्प्रेषण गरिएको पाइएमा विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाही हुने ब्यहोरा समेत सूचित गरिन्छ’ भनिएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित