मुख्य खबर

प्रचण्ड रोल्पा जाने, लिबाङमा आमसभालाई सम्बोधन गर्ने
निकासखबर संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज रोल्पा जाँदैछन् । युद्ध पर्यटनलाई टेवा पुर्याउनेगरी रोल्पा नगरपालिकाले निर्माण गरेको जनयुद्ध स्मृति टावरको उनले उद्घाटन गर्नेछन् । टावरमा माओवादी १० वर्षे सशस्त्र विद्रोहको क्रममा सहादत प्राप्त गरेका एक हजार बढी सहिदको नाम राखिएको छ । कतिपयको शालिक पनि राखिएको छ । करिब ६ करोडमा निर्माण सम्पन्न टावरको मध्याह्न प्रचण्डले उद्घाटन गर्ने मेयर पूर्ण केसीले जानकारी दिए । यसपछि प्रचण्डले पार्टीले लिबाङको टुँडिखेलमा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्नेछन् ।

निवार्चन आचारसंहिता : पत्रकारले के गर्न हुन्छ, के गर्न हुँदैन ?
निकासखबर संवाददाता

काठमाडौं, ४ चैत । निर्वाचन आयोगले २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी निर्वाचन आचारसंहिता, २०७८ ल्याएको छ । आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरणलाई स्पष्ट शब्दमा उल्लेख गरिएको छ । ‘कुनै राजनीतिक दल वा उम्मेदवार वा निजको प्रतिनिधिबाट दान, उपहार वा आर्थिक सहयोग लिन नहुने, कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने,’ आचारसंहितामा भनिएको छ । सञ्चार प्रतिष्ठान र पत्रकारले जातजाति, भाषा, धर्म, सम्प्रदाय, लिङ्ग र क्षेत्रबीचको सम्बन्ध र सद्भाव खलल पार्ने, राजनीतिक आस्था वा विचार, राष्ट्रियता तथा सामाजिक अवस्था जस्ता कुनै पनि आधारमा भेदभाव हुने गरी समाचार प्रकाशन…

तिम्रा चेलीबेटीले पनि पैसाकै लागि शरीर बेच्छन्?
निकासखबर संवाददाता

काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा गायक प्रकाश सपुतको ‘पीर’ म्युजिक भिडियोबारे विभिन्न टिकाटिप्पणी भैरेहका छन् । कसैले प्रंशसा गरिरहेका छन्, भने कसैले विरोध। प्रशंसा र विरोधले सामाजिक सञ्जाल तातेको छ। तर, स्वयं, प्रकाश सपुतले भने यस बारेमा मुख खोेलको छैनन् । यसैबीच जनयुद्धमा लामो सय विताएर लगभग सर्वश्व गुमाएकी एक पूर्व छापामारले प्रकाश सपुतलाई प्रश्नको कठघरामा उभ्याएकी छिन् । उनले सामाजिक सञ्जालमा एक लामो स्टाटस लेख्दै एक संगीन प्रश्न गरेकी छिन्, ‘प्रकाश सपुत भन्ने कलाकार अत्यन्तै नाजुक आर्थिक अवस्थाबाट उदाएका गायक हुन रे । के उनका चेलिबेटीहरुले पनि पैसा कमाउनका लागि देहव्यापार गरे होलान् त ? उनी कलाकार हुन्, कल्पना…

प्रकाशको ‘पिर’ झुट र भ्रामक, युट्युबबाट हटाएर माफी माग्न चेतावनी
निकासखबर संवाददाता

काठमाडाैं । गायक प्रकाश सुपतकाे गीत ‘पीर’काे विवाद श्रृंखला पेचिलाे बन्दै गएकाे छ । गत शुक्रबार रिलिज गरिएकाे याे गीतकाे म्युजिक भिडियाे आपत्तिजनक भएकाे भन्दै सत्तारुढ नेकपा माओवादी केन्द्रनिकट चार संगठनले तत्काल युट्युबबाट हटाएर माफी माग्न सपुतलाई चेतावनी दिएका छन् । जनक्रान्तिका घाइते तथा अपांग योद्धा संघका इन्चार्ज दिपेन्द्रकुमार पुन, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का अध्यक्ष अमृता थापा मगर, जनसांस्कृतिक महासंघका अध्यक्ष मातृका पोखरेल र प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाले संयुक्त विज्ञप्ति जारी गर्दै  भनिएकाे छ, ‘जनमुक्ति सेनाले गरेको योगदानप्रति अपमान गर्दै जनयुद्ध नै विद्रुपीकरण गर्न खोजिएको उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको घटनाप्रति हामी घोर आपत्ति प्रकट गर्दै तत्काल युट्युब च्यानलबाट हटाउन जोडदार…

घेराबन्दी गरेर माओवादीलाई कमजोर पार्ने कोसिस भए फेरि कठोर संघर्षको बाटोमा जानुपर्ने अवस्था आउन सक्छः प्रचण्ड
निकासखबर संवाददाता

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशी शक्तिहरुले नेपालमा दुई दलीय व्यवस्था स्थापना गर्न लागिपरेको बताएका छन् । आइतबार विराटनगरमा आयोजित पार्टीको प्रदेश–१ स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । माओवादीलाई सिध्याएर दुई दलीय व्यवस्था ल्याउन विदेशी शक्ति लागेको दावी गर्दै विदेशी षड्यन्त्र असफल पार्न आफ्नो दलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन जित्नैपर्ने उनको बताए । प्रचण्डले कुन विदेशी शक्तिले त्यस्तो गरिरहेको भन्नेबारे खुलाएनन् । माओवादीलाई घेराबन्दी गरेर कमजोर पार्ने कोसिस भए फेरि कठोर संघर्षको बाटोमा जानुपर्ने अवस्था आउन सक्ने भन्दै उनले त्यसका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् । प्रचण्डले समावेशी…