मुख्य खबर

चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा पुग्छः खानेपानी मन्त्री चौधरी
निकासखबर संवाददाता

सिन्धुपाल्चोक । खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारले घोषणा गरे अनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा पुर्याउने बताएका छन् । विहिवार मेलम्ची खानेपानीको हेडबक्स बाँध स्थल हेलम्बुमा पुगेर मन्त्री चौधरीले सरकारले घोषणा गरे अनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा पुर्याउने बताएका हुन् । उनले अहिले मेलम्चीको पानी काठमाडौं ल्याउनको लागि तिव्रगतिमा कार्ययोजना अनुसार नै मेलम्ची खानेपानी मुहान सफा गर्ने काम भइरहेको बताए । मन्त्री चौधरीले अघिल्लो सरकारले जस्तो निर्माण कार्य सम्पन्न नभई उद्घाटन गर्ने काम आफूले नगर्ने प्रतिवद्धता जनाउ । अहिले अस्थायी रुपमा मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने योजना बनाएको भन्दै मन्त्री चौधरीले स्थायी बनाउनको लागि एसियाली विकास बैंकले अध्ययन गरिरहेको उल्लेख…

प्रदेशमै एमालेलाई पत्तासाप पार्ने रणनितीमा सत्ता साझेदार दलहरु
निकासखबर संवाददाता

विराटनगर । नजिकीदै गरेको स्थानीय तह चुनावका लागि प्रदेश एकमा सत्तासाझेदार दलहरु एमालेलाई सानो दल बनाउने रणनितीमा लागेका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच चुनावी गठबन्धन गरेर एमालेलाई प्रदेशमा सबै भन्दा सानो दल बनाउनमा उनिहरु लागि परेका हुन् । सत्ता साझेदार दलहरुको बैठकले हरेक जिल्लामा बार्ता गरी चुनावी तालमेलमा जााने, गठबन्धनको कार्यन्वयनको मोडालीटी तयार गर्न समिती निर्माण गर्ने, पार्टीको निर्णय तथा गठबन्धनको विरुद्ध जाने नेता तथा कार्यकर्तालाई कारबाही गरिने र प्रदेश १ मा एमाले बाहेकका अन्य दलहरुलाई गठबन्धनमा आउनका लागि आव्हन गर्ने निर्णय भएको नेकपा माओवादी केन्द्रका प्रदेश सचिव गणेश उप्रेतीले बताए…

चितवनका आठ फार्ममा भेटियो बर्डफ्लु, फार्म आसपासका पक्षी नष्ट गरिँदै
निकासखबर संवाददाता

चितवन । चितवनको भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाका गरी आठ कुखुरा फार्ममा बर्डफ्लु भेटिएको छ । खैरहनी र भरतपुरका चाररचारवटा फार्ममा बर्डफ्लु भेटिएपछि बर्डफ्लु नियन्त्रण समितिले उक्त फार्म र आसपासका पक्षी तथा पक्षीजन्य सामग्री नष्ट गर्ने निर्णय गरेको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका–२ स्थित किरणप्रसाद कँडेलको तात्रीबास पशु विकास तथा कृषि अनुसन्धान केन्द्र, खैरहनी–१० स्थित राजु बुर्लाकोटीको कुखुरा फार्म, खैरहनी–३ स्थित ध्रुव अधिकारीको फार्म र खैरहनी–६ स्थित राजाराम पण्डितको कुखुरा फार्ममा बर्डफ्लु भेटिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका मत्स्य विकास अधिकृत प्रभात न्यौपानेले जानकारी दिए । त्यस्तै, भरतपुर महानगरपालिका–८ मदनकृष्ण मानन्धरको व्यावसायिक लेयर्स कुखुरा फार्म, भरतपुर–२३ खेमलाल…

 जनजाती आन्दोलनको प्रकृति समय सापेक्ष व्यवस्थित गर्ने
निकासखबर संवाददाता

काठमाडौं । नेपाल आदीवासी जनजाती महासंघको दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले पत्रकार सम्मेलन मार्फत आगामी दिनमा आदीवासी  जनजाती आन्दोलनमा महत्वपूर्ण भूमीका खेल्ने बताएको छ ।  काठमाडौंको नयाँबानेश्वर स्थित ईन्देणी फुडल्यण्डमा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जनजाती आन्दोलनको प्रकृति समय सापेक्ष परिस्कृत र व्यवस्थित गर्दै लैजाने बताएको हो । जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले महासंघले विभिन्न १४ बँुदे प्रेस विज्ञप्ति मार्फत जनजातीहरुका हकअधिकारकालागि आफूहरुले विभिन्न १४ बुँदालाई ध्यनमा राख्दै जनजाती आन्दोलनलाई अगाडी बढाउने बताए  । उनले नेपाल जनजाती महासंघको नवनिर्वाचित केन्द्रीय समितिले जातिय पहिचान सहितको संघियता, सामुहिक अधिकार सहितको स्वशासन र स्वायत्तता,  संरक्षित र विशेष क्षेत्र राज्यको हरेक निकायमा जातीय, जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षताको…

प्रचण्ड रोल्पा जाने, लिबाङमा आमसभालाई सम्बोधन गर्ने
निकासखबर संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज रोल्पा जाँदैछन् । युद्ध पर्यटनलाई टेवा पुर्याउनेगरी रोल्पा नगरपालिकाले निर्माण गरेको जनयुद्ध स्मृति टावरको उनले उद्घाटन गर्नेछन् । टावरमा माओवादी १० वर्षे सशस्त्र विद्रोहको क्रममा सहादत प्राप्त गरेका एक हजार बढी सहिदको नाम राखिएको छ । कतिपयको शालिक पनि राखिएको छ । करिब ६ करोडमा निर्माण सम्पन्न टावरको मध्याह्न प्रचण्डले उद्घाटन गर्ने मेयर पूर्ण केसीले जानकारी दिए । यसपछि प्रचण्डले पार्टीले लिबाङको टुँडिखेलमा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्नेछन् ।