प्रदेशमै एमालेलाई पत्तासाप पार्ने रणनितीमा सत्ता साझेदार दलहरु

निकासखबर संवाददाता

विराटनगर । नजिकीदै गरेको स्थानीय तह चुनावका लागि प्रदेश एकमा सत्तासाझेदार दलहरु एमालेलाई सानो दल बनाउने रणनितीमा लागेका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच चुनावी गठबन्धन गरेर एमालेलाई प्रदेशमा सबै भन्दा सानो दल बनाउनमा उनिहरु लागि परेका हुन् ।

सत्ता साझेदार दलहरुको बैठकले हरेक जिल्लामा बार्ता गरी चुनावी तालमेलमा जााने, गठबन्धनको कार्यन्वयनको मोडालीटी तयार गर्न समिती निर्माण गर्ने, पार्टीको निर्णय तथा गठबन्धनको विरुद्ध जाने नेता तथा कार्यकर्तालाई कारबाही गरिने र प्रदेश १ मा एमाले बाहेकका अन्य दलहरुलाई गठबन्धनमा आउनका लागि आव्हन गर्ने निर्णय भएको नेकपा माओवादी केन्द्रका प्रदेश सचिव गणेश उप्रेतीले बताए ।

२०७४ को स्थानीय चुनावमा १३७ स्थानीय तह मध्य माओवादी केन्द्रले १५ वटा स्थानीय तहमा नेतृत्व लिएकोमा यो पटक कम्तिमा पनि ५० स्थानीय तहमा गठन्धन बिना नै आफुहरुको जित सुनिस्चित गर्ने गरी पार्टी पंत्ति लागि परेको बताउँदै प्रदेशमा गठबन्धनकै तयारी भइसकेका कारण त्यो भदा पनि बढी स्थानमा आफुहरुले जीत हाँसील गर्ने बताए ।

माओवादी केन्द्रको प्रदेश कमिटीको बैठकबाट सिंगो पार्टीलाई स्थानीय तह निर्वाचनको लागि परिचालन गरेको थियो । एक नं। प्रदेशमा विभिन्न पाँचवटा क्लस्टर बनाई कार्य विभाजन पछि अहिले नेताहरु सबै आआफ्नो कार्यक्षेत्रमा व्यस्त रहेको र हरेक जिल्लाहरुमा जिल्ला समन्वय समितिको बैठक तथा प्रशिक्षण समेत सकिएको नेकपा माआवादी केन्द्रका केन्द्रीय सदस्य राजेन्द्र बस्नेतले बताए । प्रदेश १ को ताप्लेजुङ, पाँचथर र इलाममा केन्द्रीय सदस्य तथा प्रदेश १ सरकारका आर्थिक मामिलामन्त्री इन्द्रबहादुर आङ्बोको नेतृत्वमा, धनकुटा, तेह्रथुम संखुवासभा जिम्मा केन्द्रीय सदस्य हेमराज भण्डारीको नेतृत्वमा चुनावी अभियान सुरु भएको बस्नेतको भनाइ छ ।

त्यस्तै गरी केन्द्रीय सदस्य अजम्बर काम्बाङको नेतृत्वमा भोजपुर र खोटाङ र केन्द्रीय सदस्य सुरेशकुमार राईको नेतृत्वमा उदयपुर, ओखलढुंगा र सोलुखुम्बुको चुनावी अभियान सुरु भएको छ । चुनाव आफ्नो पक्षमा पार्नका लागि जिल्ला बाहीर भएका कार्यकर्ताहरुलाई अभियानकै क्रममा जिल्ला पठाउने काम भई रहेको जिल्ला सम्पर्क समन्व समितीहरुले जनाएका छन् ।

मा प्रकाशित