देशको संकटमोचन गर्ने भूमिकामा माओवादी केन्द्र: प्रचण्ड

निकासखबर संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी संकटमोचनको भूमिकामा रहेको बताएका छन् । शनिबार नुवाकोटमा स्व‌‍‍‍‍. पोष्टबहादुर बोगटीको शालिक अनावरण गर्ने क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तो बताएका हुन् ।

उनले जनयुद्धलाई शान्ति प्रक्रियामा रुपान्तरण गर्नु सामान्य नभएको र त्यसपछिको १२ बुँदे सम्झौता, वृहत शान्ति प्रक्रियामा माओवादी केन्द्रको भूमिका संकटमोचनकै रुपमा रहेको बताए । संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्न पनि समान्य नभएको बताउँदै उनले सबै कुरामा माओवादी अघि बढेर देशलाई निकास दिने काम गरेको बताए । अहिले पनि आफूहरु जुनसुकै बेला देशको संकटमोचनका लागि लाग्नु पर्ने अवस्था रहेको उनको भनाई थियो ।

उनले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्ने बेलामा पनि देश नै संकटमा पर्ने अवस्था आएको र उक्त संकट समाधान गर्न एमसीसी पास गरेर संकटमोचन गरेको बताएका छन् ।

मा प्रकाशित