एमसीसीको विरोधमा प्रदर्शन

निकासखबर संवाददाता

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता राष्ट्रघाती भएको भन्दै शनिबार पनि विरोधका प्रदर्शन भएको छ ।
विभिन्न साना ६ दलनिकट युवा संगठनमा आबद्ध व्यक्तिहरूले विरोध प्रदर्शन गरेका हुन् ।

शनिबार काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म एमसीसी सम्झौताविरुद्ध उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले मुलुकको हितविपरीतको एमसीसीलाई तत्काल खारेज गर्नुपर्ने माग गरेका थिए ।

मा प्रकाशित