चुनाव केन्द्रित हुँदै दलहरुः स्थानीय तहको निर्वाचनमा महानगरपालिकामा भागबण्डा

निकासखबर संवाददाता

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तापक्षीय गठबन्धनले तालमेल गर्ने भएका छन् ।  दलहरुले आफ्नो विगतलाई संझदै महानगरपालिकामा भागबण्डा गर्ने भएका हुन् ।

पछिल्लो समय नेकपा (माओवाी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन हुने बताईरहेको बेलामा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने भन्दै सोहीअनुसार तयारी गर्न निर्देशन दिएका छन् ।

उनले पार्टीका नेताहरुलाई गठबन्धनका नेताहरुलाई आँच पुर्याउनेगरि नबोल्न समेत निर्देशन दिएका छन् । देउवाले काँग्रेसको जिोको अवस्थालाई हेर्दै स्थानीय तहको निर्वाचनमा गठबन्धन गरिने बताएका छन् ।

अहिले गठबन्धनमा महानगरपालिकामा भागबण्डा गरिसकेको बताइएको छ । गठबन्धनका शीर्ष नेताहरुबीच भएको छलफलमा काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकामा कांग्रेसको नेतृत्वमा चुनाव लड्ने सहमति भैसकेको छ भने भरतपुर महानगरपालिका पुनः माओवादी केन्द्रले लिने भएको छ । भागबण्डामा पोखरा महानगरपालिका नेकपा (एकीकृत समाजवादी) र वीरगञ्जमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले पाउने भएका छन् ।

कांग्रेसले काठमाडौंमा अहिलेकी उपमेयर हरिप्रभा खड्गीलाई मेयर बनाउनेगरि तयारी गरेको छ भने ललितपुरमा अहिलेका मेयर चिरिबाबु महर्जन नै उठ्ने चर्चा चलेको छ । विराटनगरमा पनि अहिलेका मेयर भीम प्रसाद पराजुली नै उठ्ने कांग्रेस स्रोतले जनाएको छ ।

माओवादी केन्द्रले भरतपुरमा पनि रेनु दाहाललाई नै निरन्तरता दिन चाहेको छ । रेनुले राम्रो काम गरेको भन्दै उनलाई निरन्तरता दिनेबारे नेतृत्व तहमा करिब करिब सहमति भैसकेको माओवादीले जनाएको छ । वीरगन्जमा पनि जसपाले अहिलेका मेयर विजयकुमार सरावगीलाई नै उठाउने चर्चा चलेको छ।

 

मा प्रकाशित