केपी प्रवृत्तिविरुद्ध लड्न अन्यदलका नेतालाई माओवादीले प्रधानमन्त्री बनाएको होः प्रचण्ड

निकासखबर संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुले अन्य पार्टीका प्रमुखलाई प्रधानमन्त्री बनाउनुपर्ने विचित्रको अवस्था आएको बताएका छन् । उनले ‘केपी प्रवृत्ति’ विरुद्ध लड्न आफूहले त्यस्तो गरेको बताएका हुन् ।

‘प्रतिगमनविरुद्धको संघर्ष’मा माओवादीले आफूलाई प्रमाणित गरेको बताउँदै प्रचण्डले आफुहरुले त्यसविरुद्ध विद्रोहको झण्डा उठाएको बताए । ‘प्रतिगमनविरुद्धको संघर्ष’मा आफूहरुले केपी प्रवृत्तिको अन्त्यका लागि गरेको र सफल भएको उनको भनाइ छ ।

केपी प्रवृत्तिका विरुद्ध नै आफु र माधब नेपालले शेरबहादुरलाई प्रधानमन्त्री बन्न आग्रह गरेको र त्यही अनुरुप भएको बताउदै संसदको संंख्या समेत आफुहरुले पुर्याउने अठोटका साथ देउवालाई ‘हामी संख्या पुर्‍याउँछौं, तपाईं प्रधानमन्त्री हुन तयार भइदिनुपर्‍यो भनेर नै उहाँलाई प्रधानमन्त्री बनाइएको उनले बताए ।

मा प्रकाशित