मुख्य खबर

गौर हत्याकाण्डको छानबिन नरोकिने गृहमन्त्री श्रेष्ठको प्रष्टोक्ति, गिरीबन्धु टि स्टेटको अनुसन्धान पनि जारी
काठमाडौं, १० भदौ २०८० ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गौर हत्याकाण्डको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गरिने बताएका छन् । आइतबार वीरगन्जमा प्रेस सेन्टर नेपाल पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले गौर हत्याकाण्ड प्रकरणमा पीडितसँग गरिएको सहमति अनुसार नै छानबिन गरी दोपीलाई कारबाही गरिने प्रस्ट पारे । सञ्चारकर्मीको प्रश्नमा जवाफ दिदैं गृहमन्त्री श्रेष्ठले पीडित पक्षसँग सरकारले गरेको ५ बुँदे सहमती अनुसार छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याइने उनले बताए । त्यस्तै गिरीबन्धु टि स्टेट प्रकरणका सम्बन्धमा पनि अनुसन्धान गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको मन्त्री श्रेष्ठले जानकारी दिए । मन्त्री श्रेष्ठले सरकार देशमा कानुनी शासन स्थापित गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्दै सुशासनमार्फत देशलाई समृद्ध…

चारवटा जलविद्युत परियोजनाका लागि ३६ अर्ब ३७ करोडको लगानी स्वीकृत
काठमाडौं, ८ भदौ २०८० ।

लगानी बोर्ड नेपालले चारवटा जलविद्युत परियोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता बसेको बैठकले रोल्वालिङ खोला, छुजुङ खोला, दाना खोला र सानीभेरी जलविद्युत परियोजनाका लागि लगानी स्वीकृति गरेको हो । लगानी बोर्डको कार्यालयमा सम्पन्न बैठकले तमोर जलाशययुक्त जलविद्युत् परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा हालसम्मको विकासक्रमको समीक्षा गर्दै परियोजनाको भावी कार्यदिशासम्बन्धी सुझाव पेस गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय समेत गरेको छ । त्यस्तै, दाङको राजपुर गाउँपालिकामा २४५ मेगावाट र २० मेगावाट ब्याट्री क्षमताको सौर्य ऊर्जा परियोजनाको अध्ययनका लागि डोल्मा हिमालयन इनर्जीलाई अध्ययन अनुमतिपत्र दिने निर्णय गरेको छ ।…

सुन तस्करी प्रकरण : अध्यागमन विभागका महानिर्देशक अधिकारी मन्त्रालय तानिए
काठमाडौं, ७ भदौ २०८० ।

अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृह मन्त्रालयमा तानिएका छन् । सुन तस्करी प्रकरणमा मुछिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग संवाद गरेको पाइएपछि विभागका महानिर्देशक अधिकारीलाई गृह मन्त्रालयमा तानिएको स्रोतले जनाएको छ । अधिकारी र दावाबीच चिनियाँ सामाजिक सन्जाल वी–च्याटमा कुराकानी भएको सार्वजनिक भएको थियो । अधिकारी २०७९ साल फागुन १७ गतेदेखि अध्यागमन विभागको महानिर्देशक थिए ।

प्रधानमन्त्रीले संसद्‍मा निर्वाचन आयोगको प्रतिवेदन पेश गर्दै
निकासखबर संवाददाता

काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोगको १५ औं वार्षिक प्रतिवेदन २०७८/७९ पेश गर्ने कार्यसूचि रहेको छ । संसद् सचिवालयका अनुसार आज एउटामात्रै कार्य सुची रहेको छ । ६० किलो सुन तस्करीमा छानबिन आयोग बनाउन सरकार तयार भएसँगै झण्डै एक महिनापछि हिजोबाट सदन सुचारु भएको हो ।  

धादिङ बस दुर्घटना : ८ जनाको मृत्यु
धादिङ, ६ भदौ २०८० ।

धादिङको गजुरी गाउँपालिका १, छहराबाट बस त्रिशुली नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ । काठमाडौबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस बुधबार बिहान त्रिशुलीमा खसेको हो । उक्त बस दुर्घटनामा ६ जना पुरुष र दुई महिलाको मृत्यु भएको छ । बसमा कति जना यात्रु सवार थिए भन्ने हालसम्म खुलेको छैन । प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो । विस्तृत विवरण आउन बाँकी रहेको छ ।