मुख्य खबर

भन्सार र विद्युत विधेयक संसदमा पेस गर्ने सरकारको निर्णय
काठमाडौं, १२ भदौ २०८० ।

सरकारले भन्सार विधेयक र विद्युत विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन । लामो समयदेखि विद्युत विधेयकको माग हुँदै आएको थियो । निजी क्षेत्रका ऊर्जा उद्यमीले समेत तत्काल नयाँ कानून ल्याउन सरकारसमक्ष आग्रह गर्दै आएका थिए । सरकारले यसअघि अघिल्लो संसद्मा नै सो विधेयक पेस गरेको थियो । तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सो विधेयक राष्ट्रियसभामा पेस गरेकी थिइन। सङ्घीय संसद्को कार्यकाल सकिएका कारण सो विधेयक प्रक्रियामा जान सकेको थिएन । ऊर्जामन्त्री…

नेपाल एयरलाइन्सको भैरहवाबाट हङकङ र दिल्ली उडान सुरु
काठमाडौं, १२ भदौ २०८० ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आज भदौ १२ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र भारतको दिल्लीमा नियमित उडान सुरु गरेको छ । निगमले काठमाडौंलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्लीमा नियमित उडान सुरु गरेको हो । उडान तालिकाअनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ । काठमाडौं ल्याएका हङकङ जाने यात्रु ११ बजेको उडानमा र दिल्ली जाने यात्रु दिउँसो १ बजे निगमकै कनेक्टिङ उडानमामार्फत गन्तव्यतर्फ पठाइनेछ । यसका लागि भदौ १० गतेबाट नै टिकट बुकिङ खुलाइएको थियो । भैरहवाबाट हरेक मंगलबार हप्ताको एक उडानबाट सुरु गरी बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार…

भ्रष्टाचारविरूद्धको अभियान प्रदेश र स्थानीय तहमा बिस्तार गरौँ : प्रधानमन्त्री
काठमाडौं, ११ भदौ २०८० ।

प्रधानमन्त्री तथा राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने जिम्मेवारी केन्द्र सरकारको मात्र नभएर सिंगो देशको एजेण्डा भएकाले प्रदेश र स्थानीय तहले समेत सुशासन कायम गर्न अभियान चाल्नुपर्ने बताएका छन् । सोमबार सिंहदरबारमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५१ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सुशासन कायम गर्ने कार्यभार सिंगो देशको भएको बताए । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘संघीय सरकारले प्रारम्भ गरेको भ्रष्टाचार निवारण र सुशासन स्थापित गर्न चालेको कदम प्रदेश र स्थानीय तहमा समेत बिस्तारित गर्दै दण्ड र पुरस्कारको प्रणालीलाई स्थापित गर्न, राम्रो काम गर्नेहरूलाई प्रोत्साहित गर्न र आम जनसमुदायमा…

सर्वोच्चमा अब स्वचालित पेशी तारिख : प्रधानन्यायाधीश श्रेष्ठले गरे शुभारम्भ
काठमाडौं, ११ भदौ २०८० ।

सर्वोच्च अदालतमा स्वचालित पेशी तारिख प्रणालीको शुरुवात भएको छ । सोमबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उक्त प्रणालीको शुभारम्भ गरेका हुन् । स्वचालित प्रणालीको शुरूवातसँगै अदालतमा सुशासन कायम गर्न मद्दत पुग्ने प्रधानन्यायाधीश श्रेष्ठले बताए । उनले अदालतका सबै काम, कारबाहीहरूलाई प्रविधिमैत्री बनाएर सुशासन कायम गर्ने बताए । ‘अदालतका हरेक काम, कारबाहीहरू विशेषगरी मुद्दाका पेशी व्यवस्थापनदेखि लिएर मुद्दाका तारिख र हरेक कुराहरू फरक मुद्दा व्यवस्थापन पद्धति भनेर लागू गरेका छौँ’ उनले भने, ‘त्यो सबै कुराहरू प्रविधिमा आवद्ध छन । प्रविधिमा आवद्ध भएको हुनाले  यसले सुशासनको व्यवस्था गर्छ । त्यसलाई पूर्ण रूपमा पालना गर्नेतर्फ हामी लागि रहेका छौँ ।’ अदालतमा स्वचालित पेशी तारेख प्रणाली…

आइसिटी फोरम गठन : प्रधानमन्त्री प्रचण्डले रिमोट थिचेर गरे उद्घाटन
काठमाडौं, १० भदौ २०८० ।

नेकपा (माओवादी केन्द्र) ले आइसिटी फोरम गठन गरेको छ । आइतबार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रिमोट थिचेर आइसिटी फोरमको विधान खोलेर उद्घाटन गरेका हुन् । नेकपा माओवादी केन्द्रको पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकको निर्णय अनुसार आइसिटी फोरमको गठन गर्ने निर्णय गरिएको हो । फोरमको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले हल्लाका भरमा संगठन गठन गर्ने कार्यलाई निरुत्साही गरी सकारात्मक काम मार्फत पार्टीलाई जनतामा स्थापित गर्न सो सङ्गठन गठन गरिएको बताए । अहिलेको युग सुचना प्रविधिको युग भएको भन्दै अध्यक्ष प्रचण्डले आइसिटी फोरमको माध्यमबाट सङ्गठन ग्रास रुटसम्म बिस्तार हुने धारणा राखे…