उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गौर हत्याकाण्डको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गरिने बताएका छन् । आइतबार वीरगन्जमा प्रेस सेन्टर नेपाल पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले गौर हत्याकाण्ड प्रकरणमा पीडितसँग गरिएको सहमति अनुसार नै छानबिन गरी दोपीलाई कारबाही गरिने प्रस्ट पारे ।
सञ्चारकर्मीको प्रश्नमा जवाफ दिदैं गृहमन्त्री श्रेष्ठले पीडित पक्षसँग सरकारले गरेको ५ बुँदे सहमती अनुसार छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याइने उनले बताए । त्यस्तै गिरीबन्धु टि स्टेट प्रकरणका सम्बन्धमा पनि अनुसन्धान गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको मन्त्री श्रेष्ठले जानकारी दिए ।
मन्त्री श्रेष्ठले सरकार देशमा कानुनी शासन स्थापित गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्दै सुशासनमार्फत देशलाई समृद्ध बनाई जनतालाई राजनीतिक परिवर्तनका उपलब्धीको अनुभूति दिलाउने कुरामा सरकार र आफू पूर्ण प्रतिबद्ध रहेको स्मरण गराए ।