मुख्य खबर
प्रधानमन्त्री प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत
काठमाडौं, ६ भदौ २०८० ।मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को न्यूयोर्क भ्रमण स्वीकृत गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गरेको हो । प्रधानमन्त्री प्रचण्डले नेपालीे प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन त्यसतर्फ जाने निर्णय भएको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन । प्रधानमन्त्री प्रचण्ड सहितको टोली आगामी भदौ ३० गते न्यूयोर्क प्रस्थान गर्नेछ ।
सिआईबीले बुझायो ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन
निकासखबर संवाददाताकाठमाडौं । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले बालुवाटार स्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना सम्बन्धमा गरेको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाएको छ । सीआईबीले अनुसन्धान सुरु गरेको ५७ औँ दिनमा राय सहितको प्रतिवेदन बुझाएको हो । ललिता निवासको संगठित र कीर्ते मुद्दामा सीआईबीले अनुसन्धान प्रतिवेदनसहित सक्कल र नक्कल फाइलहरु जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको जिल्ला न्यायाधिवक्ता महेश खत्रीले बताए । प्रतिवेदन अनुसार २०४९ देखि २०७९ सालसम्म पाँच पटक गरी बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको खुलेको छ । जग्गा हिनामिना प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदारसहित साढे २…
उपत्यकाका फार्मेसी अनुगमन, १० फार्मेसी सिल
निकासखबर संवाददाताकाठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा सोमबार ७७ वटै जिल्लामा औषधि पसल तथा फार्मेसीहरुमा अनुगमन गरेको छ। स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरो, जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीको सहकार्यमा फार्मेसीहरुको अनुगमन तथा निरीक्षण कार्य भएको हो । सोमबार काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका १०१ वटा फार्मेसीमा अनुगमन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। २० वटा समूह बनाएर गरिएको अनुगमनका क्रममा नियम विपरीत सञ्चालित १० वटा औषधि पसल सिल गरिएको छ। यस्तै, २ दर्जनभन्दा बढीलाई सचेत पत्र दिएको छ । फर्मासिस्टको प्रमाणपत्र भाडामा लिएर अर्कै व्यक्तिलाई कर्मचारी खटाएको, औषधि व्यवस्था…
ओखलढुंगाकाे लिखुमा जनप्रतिनिधि र कर्मचारीकाे मनपरी
निकासखबर संवाददाताकाठमाडौं । ओखलढुंगाको लिखु गाउँपालिकामा असार लागे सँगै असार १५ देखी लाखौंका योजनाहरु पास भएका छन् । असार लागे सँगै गाउँपालिकाकामा लाखौंका योजनाहरु १५ असार देखी २५ असारमा पास भएका हुन् । महिनौ अगाडी वडाका योजनाहरुको काम सकिए लगतै गाउँपालिकामा अन्तिम निकासाका लागि जाँदा अनुगमन नगरी निकासा रोकीएको थियो । तर, असार मसान्तमा गाउँपालिकामा दर्जनौ योजनाहरु नत अनुगमन भयो नत उपभोक्ता समितीका सदस्य नै गाउँपालिकामा जान पर्यो । वडा अध्यक्ष र समाजका केही अगुवाहरुको नेतृत्वमा गाउँपालिकामा दर्जनौ योजनाहरु काम नै नभइ पास भएका छन् । तत्कालीन जिल्ला विकास समितिको झल्को आउने गरी यो असारमा गाउँपालिकामा वडामा रहेका टाठाबाठाहरुले लाखौं रकम निकासा…
छ महिनाभित्र नदी किनारमा रहेका सुकुम्वासीलाई हटाउन सरकारलाई निर्देशन
निकासखबर संवाददाताकाठमाडौं, २० असार । काठमाडौं उपत्यकाभित्रका नदी किनारमा रहेका सुकुम्वासी बस्तीलाई आगामी छ महिनाभित्र हटाउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा, पूर्वाधार विकास समितिको बुधबार बसेको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । बागमती सुधार आयोजनाका बारेमा छलफलपछि समितिको सभापतित्व गरेका ज्येष्ठ सदस्य लालवीर चौधरीले आगामी छ महिनाभित्र बागमती, रुद्रमती, विष्णुमती, मनोहरालगायत नदी किनारका रहेका सुकुम्वासी बस्ती हटाउन सरकारलाई निर्देशन दिएका हुन् । समितिले काठमाडौं उपत्यकाका १८ नगरपालिकाबाट घरजग्गा पासबापत बागमती सभ्यता करका नाममा उठाइएको ०.५ प्रतिशत रकम अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कोषमा जाने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको हो । बैठकमा सहरी विकास मन्त्री…

