मुख्य खबर
प्रधानमन्त्रीको निर्देशनसँगै डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता विवाद तत्काललाई मत्थर
काठमाडौं, २५ भदौ २०८० ।डेडिकेटेड तथा ट्रंकलाइनको विवाद तत्कालको लागि मथ्थर भएको छ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडरमार्फत विद्युत उपभोग गरेर महशुल नतिरेको भन्दै तत्काल बक्यौता बुझाउन ताकेता गरेपछि ब्युतिएको विवाद प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनसँगै मत्थर हुने देखिएको हो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसहितको टोलीसँगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले समस्याको निक्र्योल नभएसम्म तत्कालका लागि लाइन नकाट्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका छन् । तिर्नु नपर्ने पैसा पनि विद्युत प्राधिकरणले माग गरिरहेको र अर्बौ रुपैयाँ बक्यौता देखाएर रकम नतिरे लाइन काटिदिने चेतावनी दिएको भन्दै उद्योगी व्यवसायीहरुले सोमबार प्रधानमन्त्रीलाई भेटेर गुनासो पोखेका थिए । उद्योगी व्यवसायीहरुको गुनासो सुनेपछि प्रधानमन्त्री…
पूर्वराष्ट्रपति डा. रामवरण यादव अस्पतालमा भर्ना
काठमाडौं, २४ भदौ २०८० ।पूर्वराष्ट्रपति डा. रामवरण यादव वीर अस्पतालमा भर्ना भएका छन् । उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएपछि उनी आइतबार वीर अस्पतालको भीआईपी कक्षमा भर्ना भएका हुन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल पुगेर पूर्वराष्ट्रपति यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । वीर अस्पतालको विशिष्ठ (भीआईपी) कक्षमा उपचार गराइरहेका डा.यादवलाई भेटेर मन्त्री बस्नेतले स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् । भेटका क्रममा मन्त्री बस्नेतले यादवलाई उपचारका बिषयमा चिन्ता नलिन आग्रह गरेका छन् । मन्त्री बस्नेतले डेंगी तथा मुटुको समस्याले वीर अस्पतालमै उपचार गराइरहेका कोशी प्रदेशका भौतिक व्यवस्था मन्त्री एकराज कार्की र खुकुरी प्रहार भएपछि चार दिनअघि अस्पताल भर्ना…
ललिता निवास प्रकरण : १७ अभियुक्तलाई धरौटीमा छाड्न आदेश, कसलाई कति ?
काठमाडौं, २४ भदौ २०८० ।काठमाडौँ जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका १८ जनालाई तारेखमा छाड्ने आदेश दिएको छ । न्यायधीश भोलानाथ ढकालको एकल इजलाशले १७ अभियुक्तलाई धरौटीमा र प्रतिवादी केशव दुलाललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पनि धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतले गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ । अदालतको आदेशसंगै यस प्रकरणमा पक्राउ परेका सबै १८ जना नै रिहा हुने भएका छन् । धरौटी रकम जम्मा गर्नेको हकमा आइतवारबाटै प्रतिवादीहरू छुट्न सक्नेछन् भने माग बमोजिमको धरौटी नगद वा सो बराबरको जेथा वा बैंकजमानत नदिए फौजदारी…
लगानीको वातावरण निर्माण गर्नु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री
काठमाडौं, २२ भदौ २०८० ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा लगानीको वातावरण निर्माण गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार वार्षिकोत्सव अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मुलुकमा रोजगारी र उत्पादन वृद्धि गर्दै उच्च, दिगो र फराकिलो आर्थिक वृद्धिमार्फत् समावेशी र उत्थानशील विकासको आधार सिर्जना गर्न विदेशी लगानी समेतको अपरिहार्यता रहेको बताएका हुन् । ‘नेपालमा लगानीको वातावरण सुधार्नु मेरो पहिलो प्राथमिकता हो । हामी हाम्रो देशको समावेशी र दिगो रूपमा आर्थिक विकासका लागि प्रत्यक्ष वैदेशिक लगानी ९एफडीआई० लगायत नीजी लगानी बढाउन निरन्तर काम गर्नेछौं,’– प्रधानमन्त्री प्रचण्डले भने । संविधानको मर्मअनुसार लगानीमैत्री वातावरण बनाउन सबै…
आज निजामती सेवा दिवस मनाइँदै
काठमाडौं, २२ भदौ २०८० ।आज निजामती सेवा दिवस मनाइँदै छ । ‘व्यावसायिक र सृजनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ सरकारले शुक्रवार २० औँ निजामती सेवा दिवस मनाउन लागिएको हो । नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि विसं २०६२ भदौ २२ गतेबाट मात्र औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो । वि सं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो । हाल करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन् । दिवसको अवसर पारेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज विभिन्न…

