प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा लगानीको वातावरण निर्माण गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार वार्षिकोत्सव अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मुलुकमा रोजगारी र उत्पादन वृद्धि गर्दै उच्च, दिगो र फराकिलो आर्थिक वृद्धिमार्फत् समावेशी र उत्थानशील विकासको आधार सिर्जना गर्न विदेशी लगानी समेतको अपरिहार्यता रहेको बताएका हुन् ।
‘नेपालमा लगानीको वातावरण सुधार्नु मेरो पहिलो प्राथमिकता हो । हामी हाम्रो देशको समावेशी र दिगो रूपमा आर्थिक विकासका लागि प्रत्यक्ष वैदेशिक लगानी ९एफडीआई० लगायत नीजी लगानी बढाउन निरन्तर काम गर्नेछौं,’– प्रधानमन्त्री प्रचण्डले भने । संविधानको मर्मअनुसार लगानीमैत्री वातावरण बनाउन सबै तहका सरकारबीच समन्वय र सहकार्य अपरिहार्य रहेको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।
सीमित स्रोत साधनको बाबजुद पनि लगानी बोर्डले प्रभावकारी सेवा सुविधा दिन सकेको भन्दै उनले प्रशंसा समेत गरे । लगानी बोर्ड मार्फत् सार्वजनिक (निजी साझेदारी र निजी प्रत्यक्ष लगानीका परियोजना कार्यान्वयनले गति लिएको उनले उल्लेख गरे । नेपालले विश्व समुदायमा आकर्षक गन्तव्यको मजबुत साख निर्माण गर्न सफल भएको र त्यसमा लगानी बोर्ड नेपाल, लगानीकर्ता, विकास साझेदार एवम् लगानी सम्बन्धी सरोकारवाला सबैलाईको महत्वपूर्ण धन्यवाद तथा आभार प्रकट गरे ।
लगानी बोर्डका उपाध्यक्ष तथा अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपालको जलविद्युत्लाई भारतीय बजार सुनिश्चित भएको बताउँदै जलविद्युत्सहित सम्भावित क्षेत्रमा लगानीका लागि अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गरिने बताएका छन् ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानी बोर्डको कार्यालयलाई सार्वजनिक९निजी साझेदारी ९पीपीपी० को विशिष्टिकृत संस्थाको रूपमा विकास गर्न र संस्थागत सुदृढीकरणको पाटोमा महत्वपूर्ण कार्यहरूथालनी गरेको बताए
कार्यक्रममा लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले लगानी बोर्ड स्थापनाको उद्देश्य, उपलब्धि र आगामी बाटो सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।
वार्षिकोत्सव समारोहमा लगानी बोर्डका सदस्यहरु, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, लगानीकर्ता, कूटनीतिज्ञ, विकास साझेदार संस्थाका प्रतिनिधि, सञ्चारकर्मी एवं नागरिक समानकुन प्रबुद्ध सदस्यहरूको उपस्थिति रहेको थियो ।