पूर्वराष्ट्रपति डा. रामवरण यादव वीर अस्पतालमा भर्ना भएका छन् । उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएपछि उनी आइतबार वीर अस्पतालको भीआईपी कक्षमा भर्ना भएका हुन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल पुगेर पूर्वराष्ट्रपति यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । वीर अस्पतालको विशिष्ठ (भीआईपी) कक्षमा उपचार गराइरहेका डा.यादवलाई भेटेर मन्त्री बस्नेतले स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् । भेटका क्रममा मन्त्री बस्नेतले यादवलाई उपचारका बिषयमा चिन्ता नलिन आग्रह गरेका छन् ।
मन्त्री बस्नेतले डेंगी तथा मुटुको समस्याले वीर अस्पतालमै उपचार गराइरहेका कोशी प्रदेशका भौतिक व्यवस्था मन्त्री एकराज कार्की र खुकुरी प्रहार भएपछि चार दिनअघि अस्पताल भर्ना भएका कांग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री महेन्द्र यादवलाई पनि भेटेका छन् ।