मुख्य खबर
आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं, ३ असोज २०८० ।संविधानसभाबाट संविधान जारी भएको ८ वर्ष पूरा भएको छ । संविधान जारी भएको अवसरमा आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । आज देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । दिवसका अवसरमा बुधबार संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष समारोहको आयोजना गरेको छ । आज बिहान टुँडिखेलमा आयोजना हुने ष मा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम…
राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा ६७० जना कैदीको कैद माफी मिनाहा
काठमाडौं, ३ असोज २०८० ।राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कूल ६ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको छ । उनले फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन र कारागार नियमावली, सर्वोच्च अदातलको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा उक्त कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को गत भदौ २९ गतेको बैठकको सिफारिसअनुसार यही असोज ३ गतेदेखि लागू हुनेगरी माफी मिनाहा गर्नुभएको राष्ट्रपति कार्यालयले जारी विज्ञप्तिमा जनाइएको छ ।
संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री ‘प्रचण्ड’को सम्बोधन
काठमाडौं, २ असोज २०८० ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गरेका छन् । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा सञ्चालन भइरहेको सन् २०२३ को एसडीजी शिखर सम्मेलनमा विश्वका अतिकम विकसित देशहरुको समूहका अध्यक्ष नेपालका प्रधानमन्त्री ‘प्रचण्ड’ले सम्बोधन गरेका हुन् । नेपाली समयअनुसार सोमबार राति सम्बोधन गर्दै प्रचण्डले दिगो विकासका लक्ष्यहरु हासिल गर्न र लिस्ट डिभलप्ड कन्ट्रीहरुको उत्थानका लागि विकसित मुलुकहरुले प्रतिवद्धता जनाए अनुसारको साथ र सहयोग गर्नुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले कोभिड १९ महामारी, जलवायु परिवर्तन र भूराजनीतिक तनावजस्ता विश्वव्यापी सङ्कटहरूले अतिकम विकसित देशहरुको प्रगतिलाई थप जोखिममा धकेलिरहेको उल्लेख गर्दै यसबाट उम्कन सहयोगको जरुरी रहेको बताए ।
राजकीय सम्मान सहित सुवास नेम्वाङको अन्त्येष्टि, बिहीबार सार्वजनिक बिदा
काठमाडौं, २६ भदौ २०८० ।संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवाचन्द्र नेम्वाङको अन्त्येष्टि भदौ २८ गते बिहीबार हुने भएको छ । एमालेले एक विज्ञप्ति जारी गर्दै नेम्वाङको अन्त्येष्टि बिहीबार गर्ने निर्णय गरेको छ । सरकारले उनको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । गृह मन्त्रालयले नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने भन्दै सो दिन सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास तथा नियोगमा सार्वजनिक बिदा हुने जनाएको छ । सो दिन सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधार झुकाउने निर्णय पनि सरकारले गरेको छ । नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मान सहित अन्त्येष्टि गरिनेछ । नेम्वाङका दुई छोरा हाल विदेशमा रहेको छन् । पारिवारिक स्रोतका अनुसार बुधबार बेलुकीसम्म…
एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन
काठमाडौ, २६ भदौ २०८० ।नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । हृदयघात भएपछि उनलाई राति पौने २ बजे त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । अस्पतालमा पुर्याउने वित्तिकै चिकित्सकह?ले नेम्वाङको निधन भएको घोषणा गरेका थिए । संविधानसभा अध्यक्ष रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली अहिले त्रिवि शिक्षण अस्पताल पुगेका छन ।

