संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवाचन्द्र नेम्वाङको अन्त्येष्टि भदौ २८ गते बिहीबार हुने भएको छ । एमालेले एक विज्ञप्ति जारी गर्दै नेम्वाङको अन्त्येष्टि बिहीबार गर्ने निर्णय गरेको छ ।
सरकारले उनको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । गृह मन्त्रालयले नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने भन्दै सो दिन सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास तथा नियोगमा सार्वजनिक बिदा हुने जनाएको छ । सो दिन सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधार झुकाउने निर्णय पनि सरकारले गरेको छ ।
नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मान सहित अन्त्येष्टि गरिनेछ । नेम्वाङका दुई छोरा हाल विदेशमा रहेको छन् । पारिवारिक स्रोतका अनुसार बुधबार बेलुकीसम्म उनीहरु स्वेदश आइपुग्ने र विहीबार अन्त्येष्टि गरिने बताइएको छ ।