एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

काठमाडौ, २६ भदौ २०८० ।

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । हृदयघात भएपछि उनलाई राति पौने २ बजे त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । अस्पतालमा पुर्‍याउने वित्तिकै चिकित्सकह?ले नेम्वाङको निधन भएको घोषणा गरेका थिए ।

संविधानसभा अध्यक्ष रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली अहिले त्रिवि शिक्षण अस्पताल पुगेका छन ।

 

मा प्रकाशित