मुख्य खबर

दशैं–तिहार सुरक्षा विशेष योजना लागू गर्ने तयारीमा प्रहरी
काठमाडौं, ९ असोज २०८० ।

नेपाल प्रहरीले दशैं–तिहार तथा छठ पर्वलाई लक्षित गर्दै यही असोज २१ गतेदेखि यस वर्षको दशैं–तिहार सुरक्षा विषेश योजना लागू गर्ने भएको छ । विगतका चाडपर्वमा भएको सुरक्षा कमीकमजोरीलाई मध्यनजर राख्दै केन्द्रीय सुरक्षा योजनासहित युनिटहरूले आआफ्नै सुरक्षा चुनौतीअनुसार सुरक्षा योजना तयार पारी यसवर्षको दसैँतिहार सुरक्षा योजनालाई बलियो र मजबुद पारिने केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले बताए। उनले भने, “दशैं तिहारमा कुनै पनि आपराधिक क्रियाकलाप हुन नदिन प्रहरी व्यापक चरिचालन गरिने छ, असोज २१ गतेदेखि यसवर्षको दसैँ–तिहार सुरक्षा विषेश योजना लागु हुन्छ ।” यसैगरी उनले दशैं–तिहारको समयमा नेपाल प्रहरीका गण तथा गुल्ममा रिजर्भमा रहेको फोर्सलाई परिचालन गरिने जानकारी…

नेपाल र चीनबीच १३ बुँदे सम्झौता र समझदारी
काठमाडौं, ८ असोज २०८० ।

नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीचको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले १० वटा सम्झौता र ३ वटा समझदारी पत्र आदान प्रदान गरेका छन् । यी सम्झौता र समझदारी पत्र कृषि, सञ्चार, विज्ञान तथा प्रविधि, व्यापारसँग सम्बन्धित रहेका चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले जानकारी दिए । श्रेष्ठ र चिनियाँ अधिकारीले नेपालको उत्तरी क्षेत्रमा उत्पादकत्व वृद्धि, डिजिटल अर्थतन्त्र सहकार्य, हरित तथा न्यून कार्बन सहयोग तथा प्राचीन ग्रन्थहरुको अनुवाद तथा प्रकाशन सम्बन्धी सम्झौता आदानप्रदान गरेका हुन् । शिक्षा सचिव सुरेश अधिकारी र चिनियाँ अधिकारीले विज्ञान तथा प्रविधि र…

चीनमा प्रधानमन्त्री प्रचण्डलाई भव्य स्वागत
काठमाडौं, ६ असोज २०८० ।

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार हाङ्जाउ विमानस्थलमा ओर्लिएका छन् । प्रधानमन्त्री प्रचण्डलाई चिनले विशेष महत्व दिंदै भव्य स्वागत गरेको छ । प्रधानमन्त्री प्रचण्डलाई चीनको खेलकुद सामान्य प्रशासन मन्त्री तथा चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाओ जिदानले हाङ्झाउ विमानस्थलमा स्वागत गरे । संयुक्त राष्ट्र संघको महासभा सहभागी भएर उनी सोझै अमेरिकाबाट सोझै हाङजाउमा पुगेका हुन् । उनी आजै १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनेछन् ।

सरकार र शिक्षक बीचको वार्ता निष्कर्श बिहिन
काठमाडौं, ३ असोज २०८० ।

सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षविहीन भएको छ । बिहीबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालय भएको सरकार र महासंघबीचको वार्ता कुनै टुँगोमा पुग्न नसकेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कानूमन्त्री धनराज गुरुङले दुई पक्षबीचको वार्तामा सकारात्मक छलफल भएको बताए । उनले शिक्षकहरुका मागको बारेमा भोलि शुक्रबार बिहान फेरि बैठक बसेर सहमित जुटाउने बताए । सहमित जुटाएर सहजरुपमा सामुदायिक विद्यालयमा पठनपाठन शुचारु हुने उनको भनाई छ । यता, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बैठकमा सामान्य छलफल भएको बताए । उनले आन्दोलन जारी रहने जानकारी दिए ।

आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं, ३ असोज २०८० ।

संविधानसभाबाट संविधान जारी भएको ८ वर्ष पूरा भएको छ । संविधान जारी भएको अवसरमा आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । आज देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । दिवसका अवसरमा बुधबार संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष समारोहको आयोजना गरेको छ । आज बिहान टुँडिखेलमा आयोजना हुने ष मा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम…