मुख्य खबर

मंगलबार राष्ट्रिय शोक मनाउने सरकारको निर्णय
निकासखबर संवाददाता

सरकारले असोज २३ गते मंगलबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको घटनालाई लिएर राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । े मन्त्रिपरिषदको बैठकको निर्णय सुनाउँदै सरकारकी प्रवक्ता सूचना तथा सञ्‍चार प्रविधि मन्त्री रेखा शर्माले शोक मनाउने निर्णय गरेको जानकारी दिइन । त्यस्तै बैठकले इजरायलमा मृत्युभएका नेपालीका परिवारलाई राहत स्वरुप प्रति परिवार १० लाख रुपैयाँ दिने समेत निर्णय गरेको छ ।

दशैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला
निकासखबर संवाददाता

दशैंका लागि असोज २२ गतेबाट अग्रिम टिकट बुकिङ खुला भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको थियो । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीचछलफल भएको थियो । अग्रिम टिकट बुकिङ खुल्ला गरिएसँगै यात्रुको चाप हुने स्थानहरूमा यात्रु सहायता कक्ष स्थापना गरिने यातायात व्यवस्था विभागले जनाएको छ । टिकट बिक्रीको अनुगमनलाई तीव्र पारिने र कालोबजारीमा टिकट बिक्री नहोस् भनेर विभागले टिकट बुकिङ खुल्ने दिनबाट नै कडा अनुगमन गर्ने भएको छ । साथै बिग्रिएको सडक तत्काल मर्मत गर्ने विभागले जनाएको…

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
काठमाडौं, १३ असोज २०८० ।

संयुक्त राष्ट्र संघको महासभा र चीनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री दाहाललाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, सांसदहरु, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नेपाल सरकारका उच्च अधिकारीले स्वागत गरे । प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाले विमानस्थलमा स्वागत सलामी अर्पण गरेको थियो । प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधित्व मण्डललाई सिचुवान प्रान्तका उच्च अधिकारी, नेपालका लागि चिनियाँ राजदूतलगायतले बिदाइ गरेका थिए ।

लामाबगर नाका खोलीएको एक सातामै सुन तस्करी, दोलखामा चार किलो सुनसहित तीन जना पक्राउ
निकासखबर संवाददाता

  दोलखा । दोलखाको सिंगटी बजार बाट प्रहरीले ४ किलो सुन सहित ३ जनालाई पक्राउ गरेको छ । सिंगटीबाट सुन सहित ३ जनालाई गए राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । तिब्बती सीमा लामावगर नाकाबाट तस्करीको सुन भित्र्याएको आशङ्का गरिएको प्रहरीले जनाएको छ । बिगु गाउँपालिकाका १ लामावगर तर्फको एउटा नाका चिन सरकारले गत साता मात्र खुलाएको थियो। उनीहरुलाई बुधबार राति समातिएको प्रहरीले जनाएको छ। उनीहरूले तिब्बती सीमा लामाबगर नाकाबाट तस्करीको सुन भित्र्याएको आशंका गरिएको छ। सो नाका चीन सरकारले गत साता मात्र खुलाएको थियो।

तीज बितेको एक सातापछि उपाध्यक्षको दबाबमा दर खाने कार्यक्रम
निकासखबर संवाददाता

ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिकामा तीज बितेको एक सातापछि उपाध्यक्षको दबाबमा दर खाने कार्यक्रम भएको छ । गाउँपालिकाले विनियोजन गरेको रकमले असोज ६ गते दर खाने कार्यक्रम भएको हो । गाउँपालिकाले  महिला विशेष कार्यक्रम अन्तरगत हरेक वडामा रहेका आमा समूह सञ्जाल लक्षित गरेर २० हजार बजेट विनियोजन गरेको थियो । हरेक वडालाई २० हजार र गाउँपालिका केन्द्रमा पालिका स्तरीय कार्यक्रमका लागि २० हजार गरी २ लाख बजेट विनियोजन भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लीला राज श्रेष्ठले बताए । गाउँपालिकामा रहेका ९ वटा वडा मध्य ८ वटामा र गाउँपालिका केन्द्रमा भदौ २९ गते सम्ममा तिज विशेष कार्यक्रम सञ्चालन भएका भए पनि…